पत्रकार महासंघ सिन्धुपाल्चोक शाखामा युनियनकर्मी दंगाल विजयी

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
गत २८ गते समन्न नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अधिवेशनबाट अध्यक्षमा युनियनकर्मी ध्रुव दंगाल विजयी हुनुभएको छ । उहाँले ५० मत प्राप्त गर्दै अध्यक्षका प्रत्यासी दिनेश थापालाई पराजित गराएका हुन् । थापाले भनें ४५ मत प्राप्त गरेको थियो । प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवारको रुपमा दंगाल प्रतिस्पर्धामा थिए । प्रत्यासी थापा भनें चौतारीबाट भागी उम्मेदवारका रुपमा प्रतिस्पर्धामा होमिएका हुन् । उनलाई प्रेस सेन्टरले निर्वाचनमा साथ दिएको थियो ।

बलेफी वडा नं.५ को अत्यन्तै जरुरी सूचना !

निर्वाचनबाट खुला उपाध्यक्ष्मा दीपक अर्याल, महिला उपाध्यक्षमा कमला पाख्रिन तामाङ, सचिवमा टीका सुवेदी, सहसचिवमा सञ्जय तामाङ, देवराज सुवेदी र कोषाध्यक्षमा दीपक खत्री, सदस्यहरूमा किरण थापा, प्रितमकुमार तामाङ, सागर खड्का, फूलमान तामाङ, चण्डिका नेपाली, अर्जुन शर्मा, दिपिन ढुंगाना, निर्मल बस्नेत, विपना तामाङ, प्रमिला विक, चयन भएको निर्वाचन अधिकृत शशिनाथ आचार्यले बताए।

त्यस्तै प्रदेश परिषद् सदस्यमा हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक पुरी, रुपक कोइराला, कला अनुरागी, रमेश पराजुली र हरिप्रसाद दुलाल निर्वाचित भएका छन्।

साथै केन्द्रीय परिषद् सदस्यमा चित्रकुमार मिजार, ज्ञानेन्द्र तिमिल्सिना, रामकृष्ण थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। १०३ सदस्यीय रहेको जिल्ला शाखामा ९८ मत खसेको थियो । दुई दशकदेखि पत्रकारितामा सक्रिय अध्यक्ष दंगाल नागरिक दैनिकसँग आबद्ध छन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार