खेलकुद विकास समिति हेलम्बुको अध्यक्षमा सुनिल दोङ तामाङ नियुक्त

  प्रीतम कुमार तामाङ

हेलम्बु, सिन्धुपाल्चोक
हेलम्बु गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्षमा सुनिल दोङ तामाङ नियुक्ति गरेको छ । गाउँपालिकाले मिति २०८१/०७/०७ गते प्रकाशित सूचना तथा यस गाउँपालिकाको खेलकुद विकास समिति गठन तथा क्रियाकलाप सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ बमोजिम ४ (चार) वर्षको लागि तामाङलाई अध्यक्ष पदको जिम्मेवारी दिएको हो ।

गाउँ कार्यपालिकाको मिति २०८१/०८/१७ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयले उनलाई समग्र खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्ति गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभएको छ ।

साथै प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले खेलकुद विकास समिति गठन तथा क्रियाकलाप सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ तथा प्रचलित नियम कानुनको अधिनमा रही खेलकुद गतिविधि तथा क्रियाकलापहरु सञ्चालन गर्न तामाङलाई अध्यक्ष पदमा नियुक्ति गरेको बताउनुभयो ।

 

अध्यक्षमा नियुक्ति भएपछि तामाङले विगतमा न्यु राईजिङ युवा क्लबको नेतृत्व गर्दै गर्दा खेलकुदको क्षेत्रमा गाउँपालिकाकै नमुना क्लबको रुपमा स्थापित गरेको स्मरण गराउँदै अब समग्र गाउँपालिका कै विविध खेलकुदलाई अगाडी बढाउने योजनाहरुमा अघि बढ्ने बताउनुभएको छ ।

नियुक्ति पत्र; 

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार