काठमाडौं
आज बागमती प्रदेश राजधानी हेटौंडामा तामाङ पत्रकार संघ बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ज्ञानेन्द्र तामाङको नेतृत्वमा १० सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित भएको हो।
हेटौंडा उप महानगरका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन तथा सम्मान समारोह-२०८१ को विशेष अतिथिको रुपमा रेडियो नेपालको कार्यकारी निर्देशक अमरध्वज लामा बल रहेका थिए ।अतिथिहरुमा तामाङ पत्रकार संघ संघीय समितिका उपाध्यक्ष नेत्र तामाङ, सचिव शिशिर दोङ लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत रहेका थिए ।
लिला घलानको संयोजकत्वमा भएको अधिवेशनमा नेत्र लामा, चमार सिं लामा, शिशिर दोङ र उर्गेन लामा सहितको निर्वाचन मण्डलले उपाध्यक्ष-जगतमान तामाङ (काभ्रे), सचिव-दिल बहादुर तामाङ (मकवानपुर), सह-सचिव-मायालु लामा (काठमाडौ), कोषाध्यक्ष- पेमा लामा दोङ (दोलाखा), सदस्यहरुमा श्यामलाल लामा (काठमाडौ), फुर्वा तामाङ (दोलाखा), नवराज वाईबा (मकवानपुर), बबिलाल तामाङ (चितवन), विकास वाईवा (काभ्रे) सर्वसम्मत कार्यसमिति चयन भएको छ ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा बललाई नगद सहित सम्मान गरेका थिए भने तामाङ पत्रकार संघ चितवन जिल्ला शाखालाई उत्कृष्ट जिल्ला शाखाको रुपमा पुरस्कृत गरेका थिए ।