सिन्धुपाल्चोक
सुनकोशी गाँउपालिका वडा नं. २ स्थित रहेको श्री ठोकर्पा मा.वि तेक्वान्दो डोजाङले जुनियर खेलाडीहरुको ग्रेडिङ सम्पन्न गरेको छ । ३३ जना जुनियर खेलाडीहरूको परिक्षण गरु ग्रेडिङ प्रमाणपत्र वितरण गरिएको प्रशिक्षक माधव विश्वकर्माले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य उद्देश्य सहित गाउँघर मै तेक्वान्दो खेललाई दुख गरेर खेलाउँदै खेलाडी उत्पादनमा ठोकर्पा मा.वि. तेक्वान्दो डोजाङले ठुलो योगदान पुर्याउँदै आएको छ ।
उक्त कार्यक्रममा प्रमुख अथिति सुनकोशी गाँपालिका उपाध्यक्ष कान्छि लामा, विशिष्ट अथिति सुनकोशी २ का वडा अध्यक्ष पुर्ण बहादुर महत, सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेम बहादुर भण्डारी, अथितिमा सिन्धुपाल्चोक तेक्वान्दोका सह-सचिव कुमार बस्नेत, समाजसेवी प्रकाश न्यौपाने र रामचंद्र जिसि लगाएतका व्यक्तित्वहरुको उपस्थिति थियो । त्यस्तै कार्यक्रमको अध्यक्षता ठोकर्पा मा.विका प्रधानध्यापक रामचन्द्र पौडेलले गर्नु भएको थियो ।
बुधबार भएको उक्त ग्रेडिङ परिक्षामा जुनियर तेक्वान्दोका १४ पुरूष र २० महिला गरि ३३ खेलाडीहरूले भाग लियका थिए । सेतो पेटि ४ जना, पहेलो पेटि २१ जना र पहेलो हरियो पेटि ९ जनाले भाग लिएका थिए । त्यस मध्य १ जना पहेलो पेटिकी रिना भण्डारी सर्वोउत्कृष्ट खेलाडी हुनुभएको छ ।
साथै सुनकोशी गाउपालिका को पूर्व अध्यक्ष श्रवण कुमार जि॰सि (बिनोद) ज्यू र ठोकर्पा मा.वि. का विव्यस अध्यक्ष बसन्त महतले कार्य व्यस्थताका कारण उपस्थिती हुन नसकेता पनि ठोकर्पा मा.वि. तेक्वान्दो डोजाङलाई आफुले संधै सहयोग गर्ने प्रतिबद्वता जनाउदै ग्रेडिङमा सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना ब्यक्त सन्देश पठाउनु भएको छ ।
कार्यक्रममा तेक्वान्दो खेल स्वास्थ र राष्ट्रको लागि अती आवश्यक रहेको बताउदै आउदो दिनहरूमा तेक्वान्दो खेललाई गाउँपालिका र आफ्नो तर्फबाट सँधै सहयोग गरिरहने प्रमुख अथिति उपाध्यक्ष लामाले बताउनु भयो ।
आफ्नो वडामा तेक्वान्दो भित्र्याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै ठोकर्पामा तेक्वान्दो जोगाउन वडा र आफ्नो तर्फबाट कुनै कसुर बाँकि नराख्ने वडा अध्यक्ष महतले बताउनु भयो ।खेलाडीहरू बढाउन हौसला दिँदै देशै भर तेक्वान्दो भए भएकोले गाउँ गाँउमा पनि सिक्न सिकाउन आवश्यक रहेको तेक्वान्दोका जिल्ला अध्यक्ष प्रेम भण्डारी गुरुले बताउनु भयो ।
सर्वोउत्कृष्ट भण्डारीलाई विशिष्ट अथिति प्रेम बहादुर भण्डारीले ब्यक्तिगत तर्फबाट नगद ५०० प्रदान गर्नु भयो र तेक्वान्दोको बिकास गरेको टाढाबाट ठोकर्पा आई प्रशिक्षण दिनुभएको भन्दै ठोकर्पा मा.बि का लेखापाल रोशन न्यौपानेले १० हजार र नेपाली काँग्रेस सुनकोशी गाँउपालिका सचिब तथा समाजसेवी प्रकाश न्यौपानेले २ हजार गरि १२ हजार रूपैया सहयोग समेत गरेका छन् ।