१३२ पहिरो पीडितलाई ब्लान्केट, मृतक परिवारलाई १० हजारका दरले नगद सहयोग

सिन्धुपाल्चोकका बाढी पीडितलाई ब्लाङ्केट वितरण तथा मृतक परिवारलाई राहत सहयोग प्रदान

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
गत साउन १०-११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तहमा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ । पहिरोबाट प्रभावित भै विस्थापित भएकोलाई ब्लान्केट र मृतक परिवारलाई रु.१० हजारका दरले नगद सहयोग गरेका हुन् ।

जाँडो मौसम नजिकिँदै गर्दा न्यानो ब्लान्केट वितरणमा जोड दिएको सिन्धुपाल्चोक समाज नेपालका अध्यक्ष एवं समाजसेवी थुप्तेन ग्याल्बो लामाले जानकारी दिनुभयो । लामाको विशेष पहलमा सिजल एण्ड सिस्टर फाउन्डेसनले १३२ परिवारलाई राहत वितरण गरेका हुन् ।

पहिरोमा परि ज्यान गुमाएका जुगल गाउँपालिकाका ४ मृतकका परिवारलाई उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ मार्फत र भोटेकोसीका १ परिवारलाई १० हजारका दरले नगद हस्तान्तरण गरिएको सिजल एण्ड सिस्टर फाउन्डेसन नेपालका अध्यक्ष सञ्जित भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार भोटेकोसीका अति बिपन्न परिवार, सुत्केरी महिला, अशक्त परिवार साथै एकल पुरुषहरुलाई सहयोग स्वरुप जम्मा २० हजार नगद समेत बितरण गर्दै मनोबल अभिवृद्धिका लागि सहानुभूति व्यक्त गरिएको बताए ।

बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङले विपदका कारण विस्थापित परिवारलाई सहयोग गरिएको प्रति पालिका आभारी रहेको बताए । भावी दिनहरुमा समेत यस्तै सहयोग निरन्तर दिँदै जान शुभकामना समेत उपाध्यक्ष लामाले दिनुभयो ।

“सिन्धुपाल्चोक समाज” नेपाल तथा “सिजल एन्ड सिस्टर” फाउन्डेसन सधैं आपत विपदका समयमा पीडित परिवारहरूलाई सकेको साथ दिन तत्पर रहेको जनाएको छ । त्यस्तै आगामी दिनमा पनि राहत तथा पुनःस्थापना कार्यमा निरन्तर सक्रिय रहने योजना सहित अघि बढिरहेको जानकारी दिए ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार