अवैध भण्डारण गरेको बालुवा नियन्त्रण गर्न नियमन निकायलाई बलेफीको पत्र

जिल्लाभर स्टक रहेको गिट्टी , बालुवा प्रमाणित गर्न नआएको समन्वय प्रमुख श्रेष्ठ बताउँछन् ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाले सुनकोसी नदि र ब्रम्हायणी नदि किनारमा अवैध रुपमा भण्डारण गरि राखेको बालुवा नियन्त्रण एवं नियमन गर्न पत्र काटेको छ । असोज ६ गते उपाध्यक्ष सरु लामा तामाङको संयोजकत्वमा बसेको राजस्व परामर्श समितिको बैठकले विभिन्न स्थानमा मेशिनको प्रयोग गरि उत्खनन गरि थुपारेको बालुवा बारे सूचना आएपछि उक्त निर्णय गरेको छ ।

अवैध बालुवा, गिट्टी नियमन गर्ने निकायहरु जिल्ला अनुगमन समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई आवश्यक कारबाहीको लागि पत्र पठाएको प्रशासकीय अधिकृत सुर्य बहादुर तामाङले बताउनुभयो ।

बलेफीले जिल्ला अनुगमन समितिलाई काटेको पत्र

स्थानीयका अनुसार वर्षातको समयमा केही व्यक्तिहरुको समुहले रातारात खोलामा स्काइभेटर प्रयोग गरि बलेफी ४ र ५ मा पर्ने सानीटार, छातीखोला,ब्रम्हायणी नदि किनारहरुमा सयौं टृफर अवैध बालुवा निकालेर भण्डारण गरि राखेको बताउँछन् । जानकारी प्राप्त भए अनुसार स्थानीय तह, जिल्ला समन्वय, जिल्ला प्रशासन र प्रहरी प्रशासनले आवश्यक कारबाही नगर्दा खुलेआम लाखौंको कानुन विपरीत अवैध बालुवा थुपारेको छ ।

उत्खनन गर्न प्रयोग भैरहेको स्काइभेटर सहित भण्डाराण गरिएको बालुवा

यस विषयमा जिल्ला समन्वय समितिका सभापति बालकृष्ण श्रेष्ठ संग बुझ्दा भोलि शुक्रबार यसै विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार जिल्लाभरका क्रसरहरुमा समेत भण्डारण (स्टक) रहेको गिट्टी, बालुवा प्रमाणित गर्न पत्र काट्दा कोहि पनि नआएकोले भोलि बस्ने बैठकले छलफल गरेर आवश्यक कदम चाल्ने भनाइ छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी किरण थापाले यस विषयमा उजुरी संगै नियमन गर्न भनि पत्र प्राप्त भएकोले समन्वय समितिले बोलाएको भोलिको बैठकमा छलफल हुने बताउनुभयो । जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सूचना प्राप्त भए बमोजिम अवैध क्रियाकलाप हुन नदिने भनाइ छ ।

जिल्लाका दर्जनौं क्रसरहरुमा हजारौं टृप बालुवा, गिट्टी स्टक रहेको समेत प्रमाणित गराएका छैनन् । त्यस्तै सुनकोसी खोला किनारमा समेत २४ सै घन्टा हेभी इस्काइभेटर खडा राखी नियम विपरीत बालुवा उत्खनन गरि भण्डारण गरेर राखेको तस्वीर र भिडियो हाम्रो मिडियालाई प्राप्त भएको छ । सामान्य जनतालाई १ रुपैयाँ राजस्व नछाड्ने सरकारी निकायले खुलेआम नदि दोहन गरि अवैध क्रियाकलाप सञ्चालन गर्दा हेरेर बस्नु शंकास्पद छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार