डम्फुको महत्त्व दर्साउन ऐतिहासिक दोस्रो डम्फु साँझको तयारी पूरा

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ समुदायमा डम्फुको महत्त्व दर्साउन ऐतिहासिक दोश्रो डम्फु साँझ २०८१ हुने भएको छ। जसको सम्पुर्ण तयारी पूरा भैसकेको गायक एवं संगितकार विश्व दोङले जानकारी दिनुभयो।कार्यक्रमको व्यवस्थापन, सांस्कृतिक प्रस्तुतिका लागि सामुहिक अभ्यास लगायत अतिथि वर्गलाई निम्तो दिसकेको आयोजक डम्फु साँझ प्रा.लि. ले जन्मभूमि पोष्टलाई बताउनुभयो।

 

 

यस अघि २०७५ मा पहिलो डम्फु साँझ सम्पन्न भएको थियो। यस बिचमा कोभिडका कारण आयोजना गर्न नसकिएको यस कार्यक्रम यहि असोज १२ गते शनिबार दरबारमार्ग स्थित लिक्युइड लाउन्जमा हुँदैछ। जुन कार्यक्रमलाई बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिं लामाले उद्घाटन गर्नेछन्।

कार्यक्रमले तामाङहरुको इतिहास संग जोडिएको डम्फुको विकास र महत्वलाई दर्साउने छन्। गायक दोङले हाल सम्म गाउनुभएका चर्चित गितहरुलाई डम्फुको तालमा प्रस्तुत गर्नेछन्। डम्फुलाई तामाङहरुको अस्तित्व र पहिचान संग समेत जोडिएको हुनाले यसलाई अब राष्ट्रिय स्तरमा मात्र नभै अन्तरास्ट्रिय स्तरमा समेत प्रचारप्रसार गर्न कार्यक्रमले जोड दिएको छ। उनको साथमा सांगीतिक प्रस्तुतिका लागि गायिका सुमिना लो र सुनिता गोलेको प्रस्तुति पनि रहनेछन्।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार