कक्षा ५ मुनिको फुटबल प्रतियोगिता खेल हेर्नेको घुइँचो

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको बलेफी गाउँपालिका ३ धुस्कोट स्थित श्री च्यानडाँडा आ.वि. को आयोजनामा कक्षा ५ मुनिका विद्यार्थीहरु बिच अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयको २५ औं वार्षिकोत्सबको अवसर पारेर ४ समूह बीच प्रतियोगिता भएको थियो।

आयोजक च्यानडाँडा आ.वि. बाट २ टिम, भिमसेन मा.वि. १ टिम र लक्ष्मी देवि मा.वि. को १ टिम बीच प्रतिस्पर्धा हुँदा आयोजक च्यानडाँडा बिजयी भएको छ। त्यस्तै दृतिय स्थान भिमसेनले र तेस्रो स्थान लक्ष्मी देविले हासिल गरेको छ। बिजयीहरुले ट्रफी, प्रमाणपत्र र क्रमश ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार समेत जितेको छ।

सानो विद्यार्थीहरुको फुटबल प्रतियोगिता हेर्न अभिभावक, स्थानीयहरुको भिड लागेको थियो। प्रतियोगिताको क्रेज निकै भव्य देखिए। प्रतियोगिताका बेस्ट किपर लक्ष्मीदेवी मा.वि.का सुनिल विक, बेस्ट प्लेयर भिमसेन मा.वि. का सरोज तामाङ र सबैभन्दा बढी गोलकर्ताका रुपमा च्यामडाँडा आ.वि. का प्रविन गोले तामाङले जितेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङले यस्तो कार्यक्रमले बालबालिकाहरुको स्वास्थ्यमा समेत ठूलो योगदान पुग्ने बताए। खेलकुदले शारीरिक विकास संगै मानसिक रुपमा समेत ठूलो भुमिका निभाउने उनको भनाई थियो। तामाङले गाउँपालिकाले शिक्षा संग संगै खेलकुदलाई विशेष प्राथमिकता दिएर अघि बढाउन कार्यक्रम समेत ल्याएको बताउनुभयो।

त्यस्तै विशेष अतिथिका रुपमा उपस्थित वडा नं. ३ वडा अध्यक्ष रितेश तामाङले आफ्नो वडा भित्र शैक्षिक सुधारका लागि पहिलो प्राथमिकता दिएको भनाइ राखे। शिक्षा संगै खेलकुदका कार्यक्रमहरुलाई विकास गर्न वडाको तर्फबाट निरन्तर लागिरहेको उनले बताए।

कार्यक्रमको सभापतित्व वि.व्य.स. अध्यक्ष आसिम तामाङले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधिहरु, अभिभावकहरु र शुभचिन्तकहरुको घुइँचो लागेको थियो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार