आर्थिक अभावमा बोनम्यारो पीडित तामाङको उपचार हुन सकेन

  जन्मभूमि संवाददाता

काठमाडौं
शैलुङ गाउँपालिका वडा नं. २ (साबिक भुसाफेदा–५) निवासी कुमार तामाङ बोनम्यारो रोगबाट बिरामी भएका छन् ।
तामाङ बिगत दुई महिनादेखि बोनम्यारो रोगबाट थला परेको उनकी दिदी छिरिङ तामाङले जानकारी दिइन् । काठमाडौँ सिभिल अस्पतालमा उपचाररत तामाङको आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारमा समस्या भएको उनकी आमा चिनीमाया तामाङले बताइन् । ‘अहिलेसम्म जेजति सकियो उपचार गरिरहेको छ,’ आमा चिनीमायाले भनिन्, ‘भएको सबै सम्पत्ति सकियो, बल्ल रोग पत्त लागेको छ ।’
३१ वर्षीय तामाङलाई Aplastic anemia लागेको छ । उनलाई छिटोभन्दा छिटो बोनम्यारो ट्रान्सप्लान्टको उपचार आवश्यक छ ।
तामाङको उपचारमा संलग्न चिकित्सकका अनुसार– ‘बोनम्यारो रोगलाई लापरबाही गर्नु हुँदैन । बिरामीमा प्राय रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर भएको हुन्छ र बिरामीमा संक्रमण हुने जोखिम धेरै हुन्छ । त्यसैले बिरामीलाई विभिन्न खाले इन्फेक्सनहरु हुन नदिन छिटो उपचारमा जानुपर्ने हुन्छ ।’
तामाङको बोनम्यारो ट्रान्सप्लान्टका लागि नेपालमा ३० देखि ३५ लाख माथी खर्च हुने र भारतमा गरेमा ५० लाख भारू लाग्ने बताइएको छ । नेपालमा काठमाडौँ सिभिल अस्पतालमा मात्र बोनम्यारो ट्रान्सप्लान्टको उपचार सेवा उपलब्ध छ र अस्पतालमा ५० जनाभन्दा बढी बिरामीहरू ट्रान्सप्लान्ट सेवा लिनका लागि क्युमा छन् । अस्पताल स्रोतका अनुसार तामाङले नेपालमा उपचार सेवा लिन करिब दुई वर्ष कुर्नुपर्छ ।
तामाङलाई बोनम्यारो दिनका लागि उनकी भाइ तयार छन् । मेडिकल परिक्षणमा शतप्रतिशत म्याचिङ पनि भएको छ । तर, लागत खर्च अभावका कारण तत्काल ट्रान्सप्लान्ट गर्न सकिने अवस्था छैन ।
खेतीपातीमा आधारित तामाङ परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । बुबा वैदेशिक रोजगारीमा साउदी अरब जाँदा उतै बितेका तामाङ परिवारका उनी जेठा छोरा हुन् । दिदीहरू बिहे भइसकेका छन् । भाइको खासै रोजगारी छैन । खेतीपाती अनि ज्याला मजदुरी गरेर तामाङले नै तीन सदस्यीय घरपरिवार चलाउँदै आएका थिए । घरपरिवार र खेतीपातीमा सीमित आमाको आयस्रोत हुने कुरै भएन ।
तामाङ परिवारले जुटाउन सक्ने जति खर्च प्रारम्भिक उपचारमै सकिसकेको छ । कुमारको थप उपचारका लागि आर्थिक कठिनाइ बेहोरिरहेका तामाङ परिवारले देश विदेशमा रहेका सबैसमक्ष सहयोगका लागि अपिल गरेका छन् । तामाङको स्वास्थ्य लाभका लागि सहयोग गर्न चाहने सबैले ९८०७२२२७०९ नम्बरमा सम्पर्क गरी कुमार तामाङ, सिद्वार्थ बैकको खाता नं. ०२४२०३०२८४०, चाबहिल शाखा काठमाडौँ नेपालमा सिधा सहयोग गर्न सक्नेछ । त्यसैगरी दिदी TSHIRING TAMANG को एनएमबी बैक लिमिटेडको चाबहिल शाखाको खाता नं. ०१७०१५३८९२२०००१७ पनि सम्पर्क गर्न सकिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार