नेता बस्नेतले सिन्धुपाल्चोक काँग्रेसमय बनाएरै छाडे, समन्वय समिति समेत कब्जा

एमाले र माओवादी गठबन्धनमा धोका

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकलाई पुर्व मन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली केन्द्रिय सदस्य नेता मोहन बहादुर बस्नेतको नेतृत्वले जिल्लाकै १ नं. पार्टी बनाईछाडेको छ । नेता बस्नेतको दिनरातको संगठन निर्माणको उपजको रुपमा भर्खरै सम्पन्न स्थानीय निर्वाचन देखि आज सम्पन्न जिल्ला समन्वयको नतिजालाई हेरेर घाम जस्तै छर्लङ्ग भएको छ । गत निर्वाचनमा तेस्रो पार्टीको रुपमा रहेको काँग्रेस यतिबेला पहिलो पार्टीको रुपमा सिन्धुमा स्थापित भैसकेको छ ।

जस अनुरुप आज सम्पन्न सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नु बएका बालकृष्ण श्रेष्ठ सहितको पुरै प्यानलले जितेका छन् । समन्वय समितिमा स्थानीय निर्वाचनमा १२ सिट जितेको काँग्रेसले १ सिट जितेको नेकपा समाजवादी संग गठबन्धन गरेको थियो । जित्नको लागि आवश्यक १३ मत सम्पुर्ण प्यानलका ९ जनै उम्मेदवारहरुलाई खसेको छ । यसलाई हेर्दा दुवै पार्टीका मतदाताहरुले अत्यन्तै इमानदार भएर मत खसालेको देखिएको छ ।

यस्तै काँग्रेस, नेकपा एस गठबन्धनका विरुद्ध एमाले, नेकपा माओवादी गठबन्धन चुनावी मैदानमा उत्रिएका थिए । यी गठबन्धनको मतपरिणाम हेर्दा एमालेलाई माओवादीले स्विकार्न नसकेको र माओवादीलाई एमालेले स्वीकार गर्न नसकेको प्रष्ट देखिएको छ । किनकी यी दुई पार्टीको ११ मत मध्ये समन्वयको प्रमुखका उम्मेदवार गणेश बिकलाई १० मत मात्र प्राप्त भयो भनें १ मत खाली नै रहेको थियो । त्यस्तै धेरै सदस्यहरुलाई ३ मत, ५ मत र ७ मत मात्र खसेको थियो । यसलाई हेर्दा स्थानीय चुनावमा समेत केही ठाउँमा गठबन्धन गरेका एमाले माओवादी गठबन्धनमा शंका उत्पन्न भएको छ । जसले गर्दा टीका टिप्पणी गर्न थालिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार