सिन्धुपाल्चोकका सत्ता गठबन्धन दलहरुको बैठकले गरे यस्तो निर्णय

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाका सत्ता गठबन्धन दलहरुको बैठक चौतारामा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला सभापति जंग बहादुर लामाको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, एकीकृत समाजवादीका अध्यक्ष नवराज पौडेल र माओवादी केन्द्रका सह-ईन्चार्ज प्रेम सापकोटा बीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताएका छन् ।

बैठकमा गठबन्धनरत दलहरुका बिचमा स्थानीय निर्वाचन केन्द्रित साझा धारणा निर्माण गर्ने र स्थानीय तह वाडफाँड सम्बन्धमा छलफल भएको थियो ।

छलफलमा स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा केन्द्रिय गठबन्धन संयन्त्रले निर्माण गरेको सात बुँदे सहमति तथा निर्देशनको भावना र मर्म बमोजिम सिन्धुपाल्चोक जिल्लामा कृयाशिल प्रमुख राजनीतिक पार्टीहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका बिचमा गठबन्धन कायम गरि निर्वाचनमा सहभागी हुने निर्णय गरेको छलफलमा सहभागी एक नेताले बताए ।

त्यस्तै स्थानीय तह निर्वाचनमा जिल्लाका गठबन्धनरत दलहरुको पुनः बैशाख ४ गते १२ स्थानीय तहहरुको बाडफाँड सहित सहमतिका विषयमा निर्णय गर्ने समेत बताएका छन् ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार