सिन्धु काँग्रेस अधिवेशनमा सभापतिको पुनः भएको निर्वाचनमा १७८६ मत खस्यो, कसले मार्ला बाजी ?

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि भएको पुनः मतदानमा १७८६ मत खसेको छ । आज वंशलाल तामाङ र जंग बहादुर लामा बिच मतदान भएको थियो ।

हिजो ३ जना प्रतिस्पर्धी बिच भएको निर्वाचनमा १८६८ मत खसेको थियो । हिजो भन्दा आज ८२ मत कम खसेको छ । हिजो भएको सभापति उम्मेदवारमा डा. प्रेमध्वज लामा, वंशलाल तामाङ र जंग बहादुर लामाको प्रतिस्पर्धा भएको थियो । उम्मेदवारहरुले कुनैले पनि ५१% मत ल्याउन नसकेपछि आज दोश्रो चरणको लागि मतदान भएको र जसमा डा. प्रेमध्वज लामाले वंशलाल लामालाई साथ दिएका थिए ।

जसले गर्दा आजको मतदान परिणाम अनुमान गर्न गाह्रो देखिन्छ । अब केही बेर पश्चात् मत गणना हुने निर्वाचन अधिकृत देव बहादुर महतले जनाए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार