रोशी-५ काभ्रेमा ७२ औं प्रजातन्त्र दिवसको अवसरमा अग्रज काँग्रेसजन सम्मानित

  जन्मभूमि संवाददाता

काभ्रे, रोशी
नेपाली काँग्रेस रोशी गाउँ पालिका ५ काभ्रेको टोल इकाई गठन कार्यक्रम सम्पन्न भएको छ । जस अन्तर्गत आज ७२ औं “प्रजातन्त्र दिवस”को अवसरमा इकाई भित्रका काँग्रेस पार्टीलाई विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान पुर्याउनुभएका अग्रज ८ जनालाई सम्मान गरिएको बागमती प्रदेश सदस्य बिक्रम लामाले बताउनुभयो छ । कार्यक्रम लामाकै प्रमुख आतिथ्यतामा भएको थियो ।

बागमती प्रदेश सदस्य लामाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मुल नारा “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन” लाई सार्थक बनाउन हामीले पार्टीमा दिनरात खटेर लागि परेका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै हर्षित एवं खुशी भएको बताए । पार्टीलाई अनुशासित बनाउन अग्रजको सर सल्लाह आवश्यक रहेको समेत उहाँको तर्क थियो ।                                                    सम्मानित व्यक्तिहरूमा सानु कान्छा तामाङ ( निवर्तमान गा.बि.स. सभापति), सुब्बा सिं लामा ( निवर्तमान इकाई उप- सभापति ), सूर्यनन्द घिसिंङ, बहादुर बल, लाल बहादुर लामा, कृष्ण लामा, चन्द्र बहादुर लामा र ठुलो लामा हुनुहुन्छ ।

कार्यक्रममा उपस्थित ब्यक्तिहरुमा दावा लामा सभापति ( वडा इकाई सभापति), राजेन्द्र अर्याल ( निवर्तमान जिल्ला सदस्य), ज्ञान बहादुर लामा ( निवर्तमान क्षेत्रीय उप सभापति ), बिर्ख लामा ( निवर्तमान क्षेत्रीय सचिव ), जीत बहादुर लामा ( ने.काँ रोशी उप – सभापति ), दिल दोर्जे लामा ( ने .काँ. रोशी सचिव) थिए ।

यसका साथ साथै पार्टीलाई चलयमान बनाउने उद्देश्यका साथ इकाई टोल कमिटी गठन र वडा कार्यसमितिको कार्यालय उद्घाटन गरिएको छ । युवा नेता बिक्रम लामाले स्थानीय कार्याकर्ताहरुको विभिन्न गुनासोमा छलफल गर्दै सुनुवाइ गर्ने प्रयास कार्यक्रमको मुख्य आकर्षणको केन्द्र बनेको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार