सशक्त काँग्रेस र अब आउने चुनावमा पहिलो पार्टी बनाउन मेरो उम्मेदवारी ; जंग बहादुर लामा

काँग्रेस लोकतान्त्रिक पार्टी भएको कारण सबैले इच्छा व्यक्त गर्नु स्वाभाविक छ ।

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेसको विवादित १६ वटा जिल्लाका अधिवेशन पटकपटक सारिरहेका छन् । यस्तैमा यहि फागुन १३ गते स्थगित भैरहेको जिल्ला अधिवेशनको मिति घोषणा भएको छ । जसले गर्दा चुनावी माहोलले जिल्लाका नेताकार्यकर्तालाई पुनः जुर्मुराएका छन् ।

यसै क्रममा काँग्रेस जिल्ला सभापतिको दौडमा आधा दर्जन आकांक्षी रहेको बुझ्न आएको छ । जसमा प्रवल दाबेदारको रुपमा नेता बस्नेत निकट मानिने पुर्व क्षेत्रीय सभापति जंग बहादुर लामाले पनि आफ्नो उम्मेदवारी रहेको घोषणा गरिसकेका छन् ।

“पार्टीको नेतृत्व गरेको अनुभवको आधारमा सभापतिको उम्मेदवार”

लामा काँग्रेस राजनितीको तल्लो तह गाउँ इकाई देखि नै नेतृत्व सम्हालेर आएको युवा नेता हुनुहुन्छ । उहाँले १६ वर्षको कलिलो उमेरमै २०५२ सालमा हगाम गा.वि.स. को इकाई  सभापतिको नेतृत्व सम्हाल्दै जिल्ला तामाङ संघको उपाध्यक्ष हुँदै संघीयता अघिको संरचनामा १२ औं महाधिवेशनबाट सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको नेतृत्वमा निर्वाचित भै काम गरिसकेका छन् । उनले पार्टीका विभिन्न पदमा रहि सफलता पुर्वक काम गरिसकेको अनुभव भएकै कारण १४ औं निर्वाचित महाधिवेशन प्रतिनिधि समेत भएकोले जिल्ला अधिवेशनमा सभापतिको लागि आफ्नो उम्मेदवारी रहेको खुलाएका छन् ।

पार्टीका हरेक कार्यक्रम देखि सामाजिक कार्यहरुमा अनवरत रुपमा लाग्दै आएका लामाले अब आउँदै गरेको स्थानीय, प्रदेश र संघीय चुनावमा पहिलो पार्टी बनाउन नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुन आवश्यक रहेकोले आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । त्यस्तै अधिवेशनमा गुट, उपगुट हुनु सामान्य कुरा हुने हुनाले अधिवेशन पछि कुनै गुट नहुने उनको भनाइ छ । अन्तमा सबै काँग्रेस नै भएर लड्नु पर्ने भएकोले लोकतान्त्रिक पार्टीमा सबैले इच्छा जाहेर गर्न खुल्ला रहेको र आफू टिमको निर्णय भन्दा बाहिरा कुनै पनि हालतमा नजाने स्पष्ट पारे ।

लामाले करिब तीन दशक पार्टीमा गरेको योगदान र सक्रियता नै आफ्नो उम्मेदवारीको बलियो आधार रहेको पनि बताउनुभएको छ । भुकम्प होस् या बाढी पहिरो होस् , लामा जनताको हरेक दुख, पिडामा सकेको सहयोगको लागि उभिने व्यक्तिको रुपमा सिन्धुमा परिचित छन् । उनी आफ्ना पिता साविक हगाम गा.वि.स. का प्रधानपञ्च हर्कलाल लामाको राजनितिक जिवनबाट प्रभावित भै राजनितीमा होमिएका लामा सिन्धु काँग्रेसजनमा मिलनसार, इमानदार अनि सशक्त युवा नेतृत्वकर्ताको रुपमा चिनिन्छन् ।

उनले युवा नेतृत्व, सशक्त काँग्रेसको मुल नारालाई अगाडि बढाउन सिन्धुका सम्पुर्ण इकाई सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरु, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरुमा आफुलाई मतदान गर्न हार्दिक अपिल एवं अनुरोध गरेका छन् । उहाँ प्रती कुनै सल्लाह, सुझाव भएमा व्यक्तिगत नं. 9851218477 मा सम्पर्क गरेर दिन समेत अनुरोध गर्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार