मनकारी वडा अध्यक्ष, जसले खेल मैदानका लागि जग्गा किन्न व्यक्तिगत १ लाख दिए

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष प्रताप लामाले खेल मैदान व्यवस्थापनका लागि रु. १ लाखको चेक हस्तान्तरण गरेका छन् । सोही वडाको श्री निम्लुङ आ.वि. को लागि खेल मैदान नभएकोले जग्गा खरिदका लागि भन्दै मनकारी समाजसेवी अध्यक्ष लामाले ब्यक्तिगत रुपमा सहयोग स्वरुप सो रकम बराबरको चेक विद्यालयका अध्यक्ष हिरा बहादुर स्याङ्बो र जग्गा धनि मोतिलाल स्याङ्बो लाइ एक कार्यक्रमका बिच उपलब्ध गराएको जुगल गाउँ पालिका वाइसीएल अध्यक्ष फुलकाजी स्याङ्बो (वानपिस) ले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

अध्यक्ष लामाका अनुसार विद्यालयमा ८० भन्दा बढी विद्यार्थी पढिरहेको र खेलमैदान भने नभएकोले धेरै अघि देखि समस्या रहेको सुनाए । वडाबाट बजेट छुट्याएर खेल मैदानका लागि जग्गा खरिद गर्न नमिल्ने भएकोले पनि आफैंले विद्यालय व्यवस्थापन समिती परिवारको आग्रह अनुसार जग्गाधनी संग आवश्यक सहमती जुटाएर खरिदका लागि व्यक्तिगत रुपमै सहयोग गरेको बताउनुभयो । भौगोलिक विकटताका कारण विद्यालय भवन बनाउन जति कठिन छ त्यति नै कठिन खेलमैदानका लागि जग्गा व्यवस्थापन गर्न गाह्रो रहेको छ, अध्यक्ष लामाले दुखेसो पोख्नुभयो । उहाँ भन्नू हुन्छ, “विद्यार्थी भाईबहिनीहरुका लागि जति गुणस्तरीय शिक्षाको महत्व छ, त्यति नै अतिरिक्त खेलकुदको पनि आवश्यक छ ।” त्यसैले यस अघि पनि भिमसेन मा.वि. गोल्चेमा समेत आफ्नै कार्यकालमा दुई वर्ष लगाएर जग्गा व्यवस्थापन गरि खेलमैदान निर्माण भैसकेको बताउनुभयो ।

वडा अध्यक्ष लामा निरन्तर शिक्षा, स्वास्थ्य, यातायात देखि अन्य विकासका काममा लाग्दै आइरहेको छ । उनले लिदि पहिरो पीडितहरुको लागि स्थायी आवास निर्माणको कार्यमा समेत दिनरात पीडित परिवारहरु संगै रहेर निरन्तर काम गर्दै आइरहेका छन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार