प्रयासको सेलो “फाईफुई आलाउ” मा नायक प्रेम र पार्वतीको बेजोड नृत्य (भिडियो सहित)

  जन्मभूमि संवाददाता

काठमाडौं
पछिल्लो समय सेलो गित संगितको बजार फराकिलो बन्दै गइरहेको छ । सेलोको धुन सुन्न साथ जुनसुकै समुदाय किन नहोस् नाचुँ नाचुँ लागि हाल्छ । यस्तैमा मीठो धुन सहित नाचुँ नाचुँ लाग्ने नयाँ सेलो कोसेली “फाईफुई आलाउले” लिएर लोकप्रिय गायक एवं संगितकार प्रयास दोङ आएका छन् । दोङले निकै समय पश्चात् यस गितलाई लिएर आएको बताए ।

डन्सिङ बिटमा रहेको गितमा नायक प्रेम गोले निकै समयको अन्तराल पछि कम ब्याक भएका छन् । उनी नृत्यमा निकै अब्बल छ भन्ने कुरा यस भिडियोबाट स्पष्ट बुझ्न सकिन्छ । पछिल्लो समयमा सेलो म्युजिक भिडियोहरुमा नृत्य र अभिनयमा कमि हुँदै गएको सेलो गित र भिडियो पाराखीहरुको गुनासोलाई गोले र मोडल पार्वती तामाङको जोडीले गरेको मेहनतले पक्कै कुरा काट्ने ठाउँ राखिएको छैन ।

तामाङ कथानक चलचित्र “म्युङ पूजु” बाट डेब्यु गरेका नायक गोले कलकारिता क्षेत्रमा सम्भावना बोकेका कलाकारको रुपमा अघि बढिरहेको छ । गोले यस अघि पनि “वाला वाला रिबन” बेशी गट्टारी, डम्फु र तकधुई जस्ता गितहरु मार्फत चर्चामा छाउँदै आएको छ ।

गितमा प्रज्वल दोङको शब्दमा प्रयास दोङकै संगित र स्वर रहेको छ । दोङलाई स्वरमा जितु लोप्चनले साथ दिएका छन् । गितको एरेन्ज सानुबाबु घिसिङले गेरेका हुन भने मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

भिडियो तर्फ भाइन भिमफेदीका मिथुन लामा र बिसन दोङको निर्देशनमा जिग्मे मिडियाका त्रीलोक लामाले छायांकन तथा सम्पादन गरिएको हो । इश्वर लामाले निर्माण गरिएको भिडियोलाई सुर्य लामाले कलरिङ गरेका छन् । भिडियो सेलो संगालो युट्युब च्यानल बाट हेर्न सकिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार