काँग्रेस महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुलाई एन्टिजेन टेष्ट र भ्यक्सिन ; नेता बस्नेत

मास्क, सेनिटाइजर र फेस सिल्ड बिना काँग्रेस महाधिवेशन हलमा कोहि प्रवेश हुन्न

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाली कांग्रेस केन्द्रीय महाधिवेशनको तयारी तिब्र रुपमा अघि बढिरहेको छ । यस्तैमा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतले जिम्मा पाएको स्वास्थ्य समितीले महाधिवेशनमा आउने नेतागण देखि प्रतिनिधिहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै विभिन्न चरणको छलफल चलाईरहेको छ ।

कोरोनाको त्रास कायम नै रहेको स्थितिमा यसलाई चुस्त रुपमा व्यवस्थापन गर्ने उद्देश्यका साथ बस्नेतले आज नेपाल चिकित्सक संघको हलमा काँग्रेस सम्बद्ध चिकित्सक संघका पदाधिकारीहरु संग छलफल गरेका छन् । छलफलमा स्वास्थ्य समिती र चिकित्सक टोलिले अहिले सम्ममा गरिएको तयारीको बारेमा जानकारी लिनेदिने कार्य भएको हो ।

महाधिवेशनमा उपस्थित हुने नेताकार्यकर्ता एवं प्रतिनिधिहरुलाई हलमा प्रबेश हुनु पुर्व नै एन्टिजेन टेष्ट र कोरोना भ्याक्सिनको व्यवस्था गर्ने विषयमा छलफल भएको छ । त्यस्तै नेता बस्नेतका अनुसार चिकित्सकहरुका लागि छुट्टै स्वास्थ्य क्लिनिक भवन निर्माण गर्ने, विशेष सुविधायुक्त एम्बुलेन्सको व्यवस्था गरिने, आवश्यक विभिन्न औषधिहरु साथै हल भित्र पस्ने प्रत्येक प्रतिनिधिहरुलाई उपलब्ध गरिने ब्यागमा सेनिटाइजर, मास्क, ग्लोब्स र फेस सिल्डको अनिवार्य व्यवस्था गरिने तयारी भैसकेको जनाए । उहाँले काँग्रेस महाधिवेशनमा कोरोनाको त्रासबाट कोहिपनि गुज्रन नदिन हरेक किसिमको तयारीमा काँग्रेस सम्बद्ध चिकित्सक टोलि र समिती लागिसकेको पनि बताउनुभयो ।

महाधिवेशन स्थल नजिक निर्माण हुने स्वास्थ्य क्लिनिक भवनका लागि क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेत सहित ईन्जिनियर टोलि लिएर नेता बस्नेत आफै पुग्नु भएको छ । जहाँ आवश्यक स्थान कहाँ र कति भन्ने विषयमा नापजाँच कार्य समेत आजै सम्पन्न भएको छ । काँग्रेस केन्द्रिय महाधिवेशन यहि मंसिर २४, २५, २६ र २७ मा काठमाडौं भृकुटीमण्डपमा हुँदैछ ।                                                                                                     नेता बस्नेत, जसको यी महान कार्यहरुले गर्दा काँग्रेसको महत्वपूर्ण बिभागको प्रमुख भुमिकाहरुको नेतृत्व पाउन सफल                                                                          नेता बस्नेत कोरोनाको पहिलो चरण र दोस्रो चरणमा आफ्नो जिउ ज्यानको पर्वाह नगरी “जनता रहे राजनिती” भन्ने मुल नारा नै लिएर स्वास्थ्य सामाग्री, अक्सिजन लिएर जनताको घरदैलो मै पुग्नु भएको थियो । त्यस्तै उहाँले नेपाली काँग्रेस केन्द्रिय खेलकुद बिभाग प्रमुख, बाढी पहिरो विपद व्यवस्थापन समितीको समेत जिम्मेवारी सम्हालिसक्नु भएको छ । नेता बस्नेतले “विपदमा नेपाली काँग्रेस” भन्ने भावनालाई उजागर गर्दै प्राकृतिक विपत्तिमा परेका पुर्व देखि पश्चिम सम्ममा विस्थापित पिडितहरुलाई नगद २५ हजारका दरले राहत उपलब्ध गराउनुभएको थियो । त्यति मात्रै नभै उहाँकै पहलमा खाद्यान्न, लत्ताकपडा, बासको समेत व्यवस्थापन गराएका थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार