काठमाडौं
काठमाडौंमा सम्पन्न राप्रापाको एकता महाधिवेशनमा जनजातिका छोरा राजेन्द्र लिङ्देन बिजयी हुनुभएको छ । लिङ्देनले अध्यक्ष पदका लागि निर्वाचन हुने क्रममा प्रभावशाली नेता कमल थापालाई १९९ भारी मतले पराजित गराएका हुन् ।
राप्रपा श्रोतका अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत प्राप्त गरेका हुन् भने खसेको मत मध्ये ४३१ मत बदर भएको छ ।
पराजय भोगेका थापाले भने पुर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको प्रतिक्रिया सामाजिक संजाल ट्विटर मार्फत दिएका छन् ।