काँग्रेस गण्डकी प्रदेश अधिवेशनमा तोकिएको उम्मेदवारी दस्तुरको चर्चा

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशन अन्तर्गतको गण्डकी प्रदेशमा तोकिएको उम्मेदवारी दस्तुरले व्यापकता छाएको छ । वडा तह देखि केन्द्र सम्मको उम्मेदवारी दस्तुर पार्टीबाटै स्पष्ट तोकिएको भएतापनि यस प्रदेशमा तोकिएको दस्तुर भनें अचम्म मान्नु पर्ने स्थितिको पक्कै छ ।

काँग्रेसको केन्द्रिय निर्वाचन समितीले तोकिएको दस्तुर प्रदेश सभापतिलाई १५००० भएतापनी गण्डकीमा भनें मनपरि ढंगले दस्तुर राखिएको छ । जहाँ केन्द्रको निर्देशनलाई लत्याउँदै सहभागीले नै २५ सय, सभापति ९१ हजार, उपसभापतिलाई ६१ हजार, महामन्त्री ५१ हजार, सहमहामन्त्री ४१ हजार तथा सदस्य शुल्क ३१ हजार तोकिएको छ । यसरी हेर्दा १० गुणा बढी दस्तुर तोकिएको देखिन्छ ।

यसै विषयलाई लिएर अहिले सामाजिक संजालकर्ताहरुमा चर्चा छाएको छ । कतिपयले काँग्रेस धनीहरुको पार्टी भएकोले उम्मेदवारी दस्तुर पनि बढिनै भएको प्रतिक्रिया जनाएका छन् । कतिले भनें काँग्रेसमा दस्तुरकै कारण पैसा हुनेको हावी हुने बताएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार