अजय सिङ्तानको ल्होछार गित “मेरो डम्फु” सार्वजनिक (अडियो सहित)

  प्रीतम कुमार तामाङ

काठमाडौं
काभ्रे पाँचखाल नगरपालिका ८, होक्सेका अजय सिङ्तान लामाको ल्होछार गित “मेरो डम्फु” सार्वजनिक भएको छ । लामाको स्वरमा रहेको यस गित ल्होछार प्रेमी समुदायको लागि विशेष प्राथमिकतामा राखेर ल्याएका हुन् । लामा सितोरियो कराँतेका प्रमुख प्रशिक्षक तथा अन्तरास्ट्रिय रेफ्री समेत हुनुहुन्छ । उहाँ शंखपार्क तथा बालमन्दिर डोजोका प्रमुख प्रशिक्षक हुन् ।

४० अनाथ बालबालिकाहरुलाई नि:शुल्क कराँते प्रशिक्षण समेत दिँदै आएका लामाद्वारा प्रशिक्षित ३ जना ब्ल्याकबेल्ट होल्डर भैसकेका छन् । ब्याकबेल्ट चौथो डान लिसकेका लामा किन संगित तिर आकर्षित हुनुभयो भन्ने जिज्ञासामा “संगित खेलकुदमा पनि चाहिन्छ, संगितले खेल अनि खेलाडीलाई हौसला प्रदान गर्छ । म आफै खेलाडी भएकोले मेरो पहिलो प्रस्तुती खेलाडी गित “हामी खेलाडी” यस अघि नै लिएर आएको छु । यो मेरो रुचि मात्र हो भनें खेल मेरो पेशा हो” भन्नू हुन्छ ।

हाललाई अडियो मात्रै सार्वजनिक गरिएको र केही समय पश्चात् भिडियो बनाउने सोचमा रहेको पनि उहाँले पत्रकार भेटघाटमा बताउनुभयो ।

सेलो सम्राट चन्द्र कुमार दोङले छोटो भनाइ राख्नु हुँदै यस गितमा विशेष गरि यो सोनाम या ग्याल्पो ल्होछार नभनी ल्होछारलाई मात्र केन्द्रविन्दुमा राखेर ल्याएको बताउनुभयो । उहाँले ल्होछार हाम्रो समुदायले विवादको विषय बनाइरहेको बेला ल्होछार कसरी मनाउने भन्ने कुरामा भनें अनभिज्ञ रहेको बताउनुभयो । अबको दिनमा यो विषयमा विवाद भन्दा यसलाई कसरी सहि तरिकाले मनाउन सकिन्छ भन्ने तर्फ जानू पर्ने र यो गितको सन्देश समेत यस्तै रहेको सुनाए ।

यस गितमा सेलो सम्राट दोङको संगित तथा संगित संयोजन शब्द कुमार स्याङ्बाको रहेको छ । मिक्सिङ गोविन्द सोनिको हो भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेका हुन् । गितको अडियोलाई डम्फु मिडियाको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार