
काठमाडौं
विप्लव माओवादीले आज गरेको बन्दको प्रभाव देशव्यापी रुपमा परेको छ । हाल पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मुल्य बृद्धिका विरुद्ध चौतर्फी बिरोध भैरहेको छ । यसिको बिरोध स्वरुप आज नेकपा कम्युनिस्ट विप्लव समुहले बन्दा आह्वान गरेका हुन् ।
यसैबीच बन्दलाई सफल पार्न बिहानै देखि काठमाडौं, काभ्रेको बनेपा लगायत मुख्य शहर बजारहरुमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु सडकमा निस्केका थिए । यसरी बन्द गर्न निस्केका उनीहरुलाई प्रहरीेले धरपकड सुरु गरेको छ । यसैक्रममा आज बिहानै काभ्रेको बनेपाबाट नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारसहित १३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
साथै काठमाडौंबाट पनि बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएका हुन् ।