गोरु काटेको अभियोगमा पक्राउ परेका ५ को रिहाईको माग (विज्ञप्ति सहित)

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
गोरु काटेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका बाट पक्राउ गरिएका ५ जनालाइ तत्काल रिहाईको माग गर्दै विज्ञप्ति जारी गरिएको छ । संघिय तामाङसालिङ मंच, नेपालद्वारा जारी गरिएको विज्ञप्तिमा गत कार्तिक २२ गते राती सो अभियोगमा पक्राउ गरिएको प्रती घोर आपत्ति जनाउँदै बिना सर्त तत्काल छाड्न माग गरेका छन् ।

मंचका प्रान्तीय अध्यक्ष मिङमार लामाद्वारा जारी विज्ञप्तिमा नेपाल धर्म निरपेक्ष देश घोषणा भैसकेपछि पनि अल्पसंख्यकमा रहेको एक जाति, एक धर्मको मूल्य मान्यतालाइ सिंगो नेपालको सबै जाति समुदाय माथि थोपर्नु घोर अन्याय र मानबअधिकार बिरोधि कार्य भएको जनाएका छन् । “सम्पूर्ण तामाङ समुदाय, दलित समुदाय र सम्पूर्ण आदिबासी समुदायहरु धर्मनिरपेक्षताको लागु गराउन एकजुट भएर राष्ट्रव्यापी आन्दोलनमा उत्रन यस संघीय तामाङसालिङ मंच ,नेपाल सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौ |” विज्ञप्तिमा उल्लेखित छ ।

गोरु काटेको अभियोगमा बाह्रबिसे नगर ९ का २५ वर्षीय अर्जृन बहादुर थामी, ३० वर्षीय राज कुमार थामी, त्रिपुरासुन्दरी २ का ३० वर्षीय भिम बहादुर थामी, ३४ बर्षका दिल बहादुर थामी १९ वर्षीय बिजय थामी गरी जम्मा ५ व्यक्तिहरुलाई प्रशासनले पक्राउ गरिएको बताएका छन् ।

विज्ञप्ति यस्तो छ ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार