तामाङ पत्रकार सङ्घ काठमाडौँको अध्यक्षमा सैलुङकर्मी सन्तोष योञ्जन

काठमाडौं
तामाङ पत्रकार सङ्घ काठमाडौँ जिल्ला शाखाको आज सम्पन्न तेस्रो अधिवेशनबाट सैलुङ अनलाइनका कार्यकारी सम्पादक सन्तोष योन्जन सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । बुधबार बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको सङ्घीय कार्यालयमा तेस्रो अधिवेशन तथा तामाङ मिडिया अवार्ड सम्मान कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्घको नयाँ उपाध्यक्ष सोम्फे तामाङ, सचिव हिरोज लोप्चन, कोषाध्यक्ष सिर्जना तामाङ सर्वसम्मतले चयन गरेका हुन् ।

यसै गरी सदस्यहरू मनीषा तामाङ, डुक्पा छिरिङ मोक्तान, जनक तामाङ, किशोरी लामा (सन्ध्या सुस्केरा) र सृष्टि तामाङ सदस्य छन् । बाँकी रहेका सहसचिव र सदस्य भने मनोनीतबाट चयन गर्नेछ ।

अध्यक्ष योञ्जन तामाङ सरोकार पाक्षिकबाट कलम चलाउन सुरु गरेका हुन् । यस्तै उनले २०७२ बाट सैलुङअनलाइन डट कमको कार्यकारी सम्पादकमा रहेर काम गरिरहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सङ्घले तामाङ समुदायका मुद्वाहरु कलम चलाउन आवश्यक रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष योञ्जनले यो शाखाबाट भए गरेका कामहरू इतिहास बनिरहेको बताउँदै नयाँ सोंचकासाथ उदाहरणीय काम गर्दै जाने बताए ।

काठमाडौँ तामाङ मिडिया अवार्ड

शाखाले यस वर्षबाट ‘काठमाडौँ तामाङ मिडिया अवार्ड’ घोषणा गरेका छन् । यस वर्ष छापा माध्यमबाट कान्तिपुरकी संवाददाता सुशीला तामाङ‚ रेडियो माध्यमबाट रेडियो मिरमिरेका विष्णु दोङ र अनलाइन माध्यमबाट ताम्सालिङ खबर डटकमका दिलबहादुर तामाङलाई प्रदान गरेका छन् ।      

तीनै जनालाई जनही सात हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।

तामाङ भाषा, संस्कृति, इतिहास र मुद्दालाई उजागर गर्दै तामाङ समुदायमा पुर्‍याएको योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरेको निवर्तमान अध्यक्ष युनिकरक्षे ग्लानले बताए ।

सोही अवसरमा सङ्घका पूर्व केन्द्रीय अध्यक्षहरूलाई पनि सम्मान गरेका छन् । सम्मानित पूर्वाध्यक्षहरु रुद्रसिंह तामाङ‚ रवीन्द्र ग्याबक, दीपेन्द्र लामा, जगतमान दोङ तामाङ र वर्तमान अध्यक्ष विष्णु मोक्तान रहेका छन् । सङ्घको स्थापनाकालदेखि अहिलेसम्म ६ जना केन्द्रीय अध्यक्षहरूले आफ्नो कार्यकाल सफल पूरा गरिसकेका छन् ।

रवीन्द्र ग्याबक तामाङको नेतृत्वमा २०६० सालमा तामाङ सञ्चार समूह स्थापना भई पाँचौँ महाधिवेशनपछि ‘तामाङ पत्रकार सङ्घ’ को रूपमा स्थापित भएको थियो । सङ्घको नामकरणमा काठमाडौँ शाखाले विशेष भूमिका निर्वाह गरेका थिए ।

यसै गरी २०५१ साल भदौ १ गते रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट पहिलो पटक तामाङ भाषाको समाचार ९ साङ्ग्युर सम्पादन एवं वाचन गर्ने भाषाविद् अमृत योञ्जन तामाङ‚ सञ्चारकर्मी ध्यानबहादुर मोक्तान र रमिता लामालाई सम्मान गरेका छन् ।

सम्मानितपछि कार्यक्रममा बोल्दै भाषाविद् योञ्जन तामाङले मिडियाले तामाङको विषयमा बढी लेख्नुपर्ने बताएका छन् । 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार