भोटेकोसी २ का माओवादी लडाकु सहित ५८ घरधुरी पार्टी छाडेर काँग्रेस प्रबेश

कम्युनिस्टमा भविष्य छैन - नव प्रबेशी

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेकपा माओवादीमा युवाहरुको भविष्य नभएको भन्दै भोटेकोसी गाउँ पालिका २ कोदारीका ५८ घरधुरी एकै साथ नेपाली काँग्रेस प्रबेश भएका छन् । स्थानीय अर्जुन घतानीको नेतृत्वमा उनिहरु मंगलबार बानेश्वर स्थित नेपाली काँग्रेस बाढी पहिरो विपद व्यवस्थापन समितीको कार्यालयमा आयोजित कार्यक्रममा प्रबेश भएका हुन् । साथै लिसांखुपाखर गाउँ पालिका पेड्कुका एमालेका १ दर्जन नेता कार्याकर्ता पनि काँग्रेस प्रबेश भएका छन् । नव प्रबेशीहरुलाई पुर्व मन्त्री एवं काँग्रेस खेलकुद विभाग संयोजक मोहन बहादुर बस्नेत, पुर्व गृहराज्य मन्त्री बिष्णु बिक्रम थापा, नेता हरिशरण श्रेष्ठ लगायतले खादा, अबिर र सदस्यता वितरण गर्दै स्वागत गरेका छन् ।

नव प्रबेशीहरुलाई स्वागत गर्दै नेता बस्नेतले कम्युनिस्ट पार्टीले संधै झुठको खेती मात्रै गर्ने भएकोले युवाहरु र देशकै भविष्य अन्योलमा पारेकोले अब धेरैले पार्टी परित्याग गर्दै काँग्रेस प्रबेश हुने लहर चल्ने बताउनुभयो । “अबको देश बिकास र युवाहरुको संरक्षण काँग्रेस बाहेक अरु पार्टीले गर्ने छैन” बस्नेतले मन्तव्यको क्रममा भन्नूभयो । उनले कम्युनिस्टकै देशको सिमानाबाट यति ठूलो संख्यामा काँग्रेस प्रबेश हुनुलाई विशेष रुपमा लिएको बताए । र प्रबेशीहरुलाई उचित मुल्यांकन सहित जिम्मेवारी समेत दिँदै आगामी दिनमा सरसल्लाहमा कसरी त्यस भेगको बिकास गर्ने भनेंर एक भएर लाग्ने प्रण गर्नुभयो ।

साथै पुर्व मन्त्री एवं काँग्रेस केन्द्रिय सदस्य बिष्णु विक्रम थापाले हिजो कम्युनिस्टलाई दिएको बहुमत अनि बिश्वासको रियाक्सनले गर्दा अहिले काँग्रेस प्रबेश भएको बताउनुभयो । नव प्रबेशीका नेतृत्व गरेका अर्जुन घतानीले हिजो चुनावका बेला कम्युनिस्टले दिएको त्यो लोभलाग्दो आशा कुनैपनी नगरेको र आफ्ना आसेपासेले मात्रै कमाउने भाँडा बनाएकोले अब कहिल्यै नफर्किने गरि पार्टी त्यागेको बताए । काँग्रेस बाहेका अन्यले बिकास गर्न नसक्ने देखिएको पनि उनले बिश्वास व्यक्त गरे ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार