प्रचण्डलाई भेट्ने बक्खुबाको धोको पुरा

चौतर्फी चासोमा बक्खुबा र प्रचण्ड बिचको भेट

  प्रीतम कुमार तामाङ

काठमाडौं
यतिबेला सामाजिक संजाल देखि राष्ट्रिय दैनिक नयाँ पत्रीकामा चर्चाको विषय बनेको छ “बख्खुबा र प्रचण्ड भेट” को तस्वीर अनि समचार । तामाङहरुको मौलिक भेषभुषामा पर्ने भेंडाको रौंबाट बुनेको बख्खु अनि सिरुपाते खुकुरी भिरेका ७४ वर्षीय सुनकाजी गोले केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष दाहाल संग उनकै निवास खुमलटारमा भेटेका हुन् । उहाँहरु बिचको भेटमा के विषयमा कुराकानी भए त ? भन्ने विषयमा सबैले चासो लिएका छन् । यसै सन्दर्भमा गत सोमबार नयाँ पत्रीका दैनिकमा रामकृष्ण थापाले लेख्नुभएको समाचार यस्तो छ ।

औपचारिक शिक्षा कत्तिपनि नलिएका गोले
सिन्धुपाल्चोक जुगल २ स्थित विकट बस्ती सुञ्चगाउँका हुन् । लेकमा पर्ने यो स्थान जनयुद्धको वेला छापामार लुक्ने ठाउँ पनि हो । सुञ्चगाउँका गोलेले माओवादी सुप्रिमो भेट्ने चाहना गरेको थुप्रै वर्ष बितेको थियो ।

‘बक्खुबा’को नामले परिचित गोले जुगल गाउँपालिकाको तामाङ समुदायमा लोकप्रिय व्यक्ति हुन् । शान्ति प्रक्रियामा आएपछि माओवादीले राजधानीमा गरेको ६ दिने आन्दोलनमा राखिएको नाम हो बक्खुबा । आन्दोलनभर नयाँ बानेश्वरमा बक्खु लगाएर प्रत्येक दिन नाँचेकोले उनको नाम बक्खुबा रहन गएको हो । यिनकै घरमा बसेर माओवादी छापामारले जनयुद्धको योजना बनाउँथे ।

गोलेले १० वर्षको उमेरदेखि बक्खु लगाउन सुरु गरेका थिए । ‘बक्खु लगाउन थालेको ६४ वर्ष भयो । सुत्ने वेलामा पनि लगाएरै सुत्छु,’ उनले भने । पाँचपोखरी लेकछेउमा भेडाबाख्रा चराउन बस्ने गोलेले ७४ वर्षको उमेरमा पनि हलो जोत्न छोडेका छैनन् । छापामार हुँदै गाउँका भाइछोरा जनमुक्ति सेना भएर घर आउँदा बक्खुबा हतियार चलाउन चासो गर्थे ।

उतिवेला जनमुक्ति सेनाका कमान्डरलाई उनी सोध्ने गर्थे, ‘प्रचण्ड हाम्रो गाउँमा आउँदैनन् ।’ विकट लेकाली गाउँमा दुःख गरेर बसेका उनलाई प्रचण्ड भेट्ने इच्छा किन भयो ? प्रश्नको जवाफमा उनले भने, ‘प्रचण्ड साहसिलो मानिस हुन् ।’ गणतन्त्र ल्याउने नेतालाई भेटेर मात्रै मर्ने धोको रहेको उनले सुनाए ।

प्रचण्ड भेट्ने चाहना बोकेर बक्खुबा शुक्रबार सुञ्चगाउँबाट काठमाडौं आएका हुन् । सुरुमा उनले माओवादी केन्द्रीय सदस्य माधव सापकोटा र जुगलका नेता रेशम स्याङ्बोलाई भेटे । प्रचण्डलाई भेटेर मात्रै घर फर्कने भनेपछि सापकोटाले प्रचण्डसँग भेट्ने समय मिलाएका हुन् । आइतबार बिहान ९ बजे बक्खुबा खुमलटार पुगे । किसानी कामले चिराचिरा परेका हातखुट्टा अनि कम्मरमा खुकुरी भिरेर उनले अध्यक्ष प्रचण्डसँग निर्धक्क कुराकानी गरे ।

‘प्रचण्डज्यू तपाईंले गर्दा गणतन्त्र आयो । यो नीति तपाईंको हो । तर, अरूलाई आफ्नो बनाउँदाबनाउँदा आफूतिर भएकाहरू अन्तै गए । टाउकाको मूल्य तोक्नेसँग अहिले तपाईं हुनुहुन्छ ।  तपाईंको दुःख मैले बुझेको छु ।

`विकट गाउँको वृद्धले यति गहकिलो कुरा गरेको सुन्दा प्रचण्ड छक्क परे । उनले जवाफ फर्काए, ‘हाम्रो पार्टीमा पनि आएका छन् अरू । राजनीतिमा यस्तै हुन्छ ।’ प्रचण्डलाई भेट्ने धोको पूरा भएकोमा उनी निकै खुसी भए । प्रचण्डसँग उनले हाकाहाकी दुःखी, गरिब र गाउँलेलाई नबिर्सन सुझाव दिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार