सरकारले राष्ट्रिय फुटबलका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप ५ लाख

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल सरकारले साफ २०२१ को उपबिजेता बनेका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई अहिले सम्म कै उत्कृष्ट नगद पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार सम्पन्न मन्त्री परिषदको बैठकबाट प्रत्येक खेलाडीलाई नगद रु. ५ लाखका दरले वितरण गर्ने निर्णय गरेको हो । जुन निर्णयले नेपाली फुटबल खेलाडीहरुको हौसला बढ्ने पक्का छ ।

त्यस्तै प्रशिक्षकलाई नगद ३ लाख दिने पनि निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  सरकारले खेलाडीहरुको प्रोत्साहन स्वरुप नगद उपलब्ध गराएको पनि कार्कीले बताउनुभयो ।

नेपाली फुटबल टिमले यस वर्षको साफमा इतिहास रचेको थियो । कयौं संस्करणमा नेपाली टिम समूह चरणबाटै बाहिरिएका थिए । शनिबार माल्दिभ्समा सम्पन्न फाइनल खेलमा भारत संग ३-० ले पराजित भएपछी नेपाली टिमको बिजेता बन्ने सपना टुटेको थियो । यस वर्षको साफ २०२१ ले दिलाएको उपबिजेताले नेपाली फुटबल प्रेमी र खेलाडीमा केही आशा बढाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार