महिलाको चरीत्र हत्या गरेको आरोपमा ४ युट्युब संचालकलाई मुद्दा

काठमाडौं
विभिन्न युट्युब च्यानल संचालन गरि उक्त च्यानलहरु मार्फत महिलाहरुको चरित्र हत्या गरेको आरोपमा ४ च्यानलका संचालकहरुलाई मुद्दा दायर भएको छ । यि च्यानलहरुले महिलाको तस्वीर सहित चरित्र हत्या हुने र इज्जत प्रतिस्ठामा आच आउने गरि निजलाइ घृणा र द्वेष फैलाउने सामग्रीहरु प्रसारण गरिएको साइबार ब्यूरोको विज्ञप्तिमा जनाएका छन् । पक्राउ गरिएका युट्युब संचालकहरुलाई बिधुतिय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेकोले सम्मानित काठमाडौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ मिति २०७८-६-१३ गते पक्राउ गरि सम्मानित अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको ब्यूरोको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यलयका प्रवक्ता एवं सुचना अधिकारी नविन्द अर्याल द्वारा जारी गरिएको विज्ञप्तिमा महिलाको चरीत्र हत्या हुने तथा इज्जतमा आच आउने गरि निजको घटना प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनुसन्धानमा परेका युट्युब च्यानल संचालकहरुमा दैनिक खबरका प्रदिप भण्डारी, हरेक पलको खबरका शिशिर अधिकारी, सारैचुली मिडियाका पिंकला कार्की र मोर्डन अनलाइन टिभिका रोधन तामाङ रहेको छ ।

पक्राउ गरि अनुसन्धान गरिएको व्यक्तिहरु तपशिल;
दैनिक खबर युट्युब च्यानलका संचालक : जिल्ला दाङ तुलसीपुर उप महानगरपालिका वडा न;१७ मिमुवा स्थायी वतन भइ हाल काठमाडौ जिल्ला गोकर्नेश्वर बस्ने बुद्विमान भण्डारीको छोरा २१ वर्षको प्रदीप भण्डारी ,हरेक पलको खबरका संचालक नुवाकोट सुर्यगढी गाउँ पालिका वडा २ चोकदे स्थायी भइ हाल काठमाडौ नेपालटार बस्ने राम प्रसाद अधिकारीको छोरा २७ वर्ष शिशिर अधिकारी, सारैचुली मिडियाका संचालक मोरङ बेलबारी नगरपालिका वडा ९ स्थायी भइ काठमाडौ पेप्सिकोला बस्ने नारायण कार्कीको छोरी ३५ वर्ष कि पिंकला कार्की र मोर्डन अनलाइन टिभीका संचालक दोलखा मेलुङ गाउँ पालिका वडा ४ स्थायी भइ हाल काठमाडौ गोकर्णश्वर बस्ने चन्द्र बहादुर तामाङ को छोरा २४ वर्ष रोधन तामाङ रहेको छन् ।

विज्ञप्ति;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार