विद्यालय परिसरमा मातृभाषा बोल्न नपाउने भन्दै दुई शिक्षिकालाई प्र.अ को अपमानजन व्यवहार

सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका १२ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षिकालाई विद्यालय परिसरभित्र आफ्नो मातृभाषा बोल्न नपाउने भन्दै प्रधानाध्यपकले गालीगलौच गरी अपमानजनक व्यवहार देखाएका छन् ।
बाँसबारीस्थित श्री कालिका देवि माध्यमिक विद्यालयका शिक्षिका अनिता तामाङ र विमला तामाङलाई विद्यालय परिसरभित्र (मातृभाषा) तामाङ भाषा बोल्न नपाउने बन्दै शिक्षक कर्मचारी र विद्यार्थीहरुको विच अपमानजनक रुपमा प्रधानाध्यापक निराजन गिरीले गाली गलौच गरेको शिक्षिका अनिता तामाङले बताइन् ।

आफुहरुलाई विद्यालयमा समानजनक व्यवहार नभएकोे शिक्षिकाहरुले बताएका छन्। ‘हामीले दुई चार शब्द मात्रै बोलेका थियौ’ तर प्रधानाध्यपकले शिक्षक शिक्षिका र विद्यार्थीहरुकै बिच ‘यो विद्यालय हो तपाईहरुको घर होइन । यहाँ तामाङ भाषा बोल्न पाइदैन । बोल्ने भए घर जानुस भनेर प्रधानाध्यपकले अराजकशैलिमा प्रस्तुत भएर बोल्दा शिक्षक र विद्यार्थीहरुका बिच हामी अपमानित भएको महसुस भएपछि हामी आफ्नो आत्मासम्मानका लागि उत्रन बाध्य भएका छौँ । ’शिक्षिका विमला तामाङले भने ।

भाषाको बहाना बनाएर पटक पटक मानासिक तनाब दिने, बैठकमा पनि जे गर्न सक्छस् गर भनेर धम्की दिने, मातृभाषालाई बन्देज लगाउनु खोज्नु आफुहरुलाई अपमान र अपहेलना गरेको महसुस भएको शिक्षिकाहरुको भनाइ छ ।
आफुहरुले गरेको सानो गल्तीले पटक पटक मनोबल गिराउने काम भएको शिक्षिकाहरु बताउँछन् । ‘यही कारणले गर्दा मानसिक तनाव बढेको छ,’ शिक्षिका बिमला तामाङले भनिन् ।

विद्यालयमै रहँदा पनि कहिले कहि व्यक्तिगत समस्या हुन्छ । सबैलाई सुनाउन नहुने कुरा पनि हुन्छ, कारणवस बोल्न पर्दा जातित्व माथिनै प्रहार गरी व्यवहार गरेको उनले बताइन्। आफ्नो भाषा जहाँ पनि बोल्न पाइन्छ । तर पनि स्कुलको नियम हो हामीले पालना गर्दै आएका थियौ, तर पटक पटक एउटै विषयलाई लिएर प्रधानाध्यपकले मानसिक तनाब दिने काम गरेको शिक्षिकाहरुले बताइन् ।

यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम तामाङ संग फोन सम्पर्क गर्दा उनको फोन उठेन ।

यसै विषयमा तामाङ भाषालाई बन्देज नगर्न तामाङ विद्यार्थी घेदुङले खबरदारी गरेका छन् । सरकारले मातृभाषा शिक्षा पठनपाठन गर्न स्विकृति दिएको जिल्लामा मातृभाषा बोलेकै विषयलाई विद्यालयले दुई शिक्षिकालाई गरेको व्यवहार सहि नभएको भन्दै नेपाल तामाङ विद्यार्थी घेदुङ नेपालले विज्ञप्ती निकालेको छ ।

नेपाल तामाङ विद्यार्थी घेदुङ तामाङ समुदायको विद्यार्थी छाता संगठन हो ।शैक्षिक अन्दोलनको नेता र सामाजिक परिवर्तनको संवाहकको रुपमा क्रियाशिल रहेको गैर राजनितिक तथा तामाङ जातिको शैक्षिक,भाषिक, सामाजिक, सास्कृतिक अधिकार स्थापित गर्न निरन्तर क्रियाशिल संगठन हो । नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धि हक र धारा ३२ को भाषा तथा सास्कृतिक हक अनुसार राज्यको प्रत्येक नागारिकले आफ्नो मातृभाषमा शिक्षा आर्जन गर्न,पठनपाठन गर्न पाउने व्यवस्था छ । सो अनुरुप नेपाल सरकारले भाषा आयोगको सहकार्यमा मातृभाषा शिक्षालाई कार्यान्वयन गर्न नेपाल तामाङ घेदुङले पनि तामाङ भाषाको पाठ्यक्रम निर्मार्ण गरि पठनपाठन सुरु गर्दै आएको छ विज्ञप्तीमा उल्लेख छ ।
यि सवै कुरालाई उलंघन हुने गरी सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ स्थित रहेको श्री कालिका देवि माध्यमिक विद्यालयका प्रधानाध्यपक श्री निराजन गिरीले विद्यालय परिसर भित्र कुर्नै पनि मातृभाषामा कुराकानी गर्न समेत नपाउने भनी निर्देशन गरिएको र उक्त निर्देशन सोही विद्यालयमा अध्यापन्रत शिक्षिका अनिता तामाङ र विमला तामाङले उलंघन गरेको भनि विद्यार्थी र अन्य शिक्षकहरुका विच व्यक्तिगत जीवनमा समेत आँच आउने गरी गाली गलौच अपहेलित व्यवहार गरेको हुनाले प्रधानाध्यपकको उक्त व्यवहारको विद्यार्थी घेदुङले घोर भत्साना गरेको छ ।
सामुयिक विद्यालयमा पठन पाठनका लागि स्विकृत गरेको जिल्लामा विद्यालयले कसैको मातृभाषामा हुकुम चलाउन नपाउने घेदुङका अध्यक्ष दिनेश लो ले बताए । देशभरिका सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा लागु गराउन र तामाङ जातिको शैक्षि , साँस्कृति हक अधिकारको विषयम विद्यालय गम्भिर भएर सोच्न घेदुङले आग्रह गरेको छ ।

विज्ञप्ति;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार