भर्चुअल माध्यमबाट हुने “तामाङ ज्ञान महोत्सव” को कार्यतालिका सार्वजनिक

काठमाडौं
तामाङ समुदायले प्रत्येक वर्ष को भाद्र ६ गते मनाउँदै आएको पहिचान दिवसको अवसरमा ३ दिने ‘तामाङ ज्ञान महोत्सव’ आयोजना गर्ने भएको छ । यो ८९ औं तामाङ पहिचान दिवस हो । कोभिड १९ का कारण भौतिक भेटघाट असम्भव भएपछी महोत्सवलाई अनलाइनको माध्यमबाट गरिने भएको हो ।

तामाङ न्हाङखोर र तामाङ डाजाङले संयुक्त रुपमा भर्च्युयल माध्यमबाट आयोजना गर्न लागिएको महोत्सव भदौ ६-८ गतेसम्म चल्नेछ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर ज्ञान महोत्सवको तयारी पूरा भएको जानकारी दिँदै महोत्सवको कार्यतालिका सार्वजनिक गरेका छन् ।

पत्रकार भेटघाट गरी प्रेशित विज्ञप्तीमा भनेको छ, ‘महोत्सवको पहिलो दिन उद्घाटन सत्र पछि १८ वटा कार्यपत्र प्रस्तुत हुनेछ । यी कार्यपत्रहरू तामाङ लैङ्गिकता, भाषा, इतिहास, साहित्य र संस्कृति, प्रविधिका क्षेत्रहरू केन्द्रित छन् । यसैगरी दोस्रो दिन विभिन्न क्षेत्रका ११ जना तामाङ ज्येष्ठ नागरिकहरूबाट ‘स्मृतिकथन’ हुनेछ । त्यसैगरी तेस्रो दिन दुइवटा महत्वपूर्ण विषयमा विमर्श हुँदैछ- ‘नेपालका विश्वविद्यालयहरूमा तामाङ अध्ययनको सम्भावना र चुनौती’ अनि ‘बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा तामाङ भाषाका सम्भावना र चुनौती’ ।’

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार