हेलम्बुको एकमात्र लाईफलाईन रातो पुल भर्खरै बाढीले बगायो

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
हेलम्बु संग जोडिएको एकमात्र लाईफलाईनको रुपमा रहेको चनौटे स्थित रातो पुल भर्खरै बाढीले बगाएको छ । यो पुल गत असार १ मा आएको भिषण बाढी पछि हेलम्बु संग सडक संजाल जोडिएको एकमात्र पुल हो ।

यो पुल बगेपछि हेलम्बु बाढी पीडितलाई राहत पुर्याउने देखि त्यस क्षेत्रमा कोहि बिरामी परे उद्धार गर्न समेत कठिन परिस्थिति निम्तिने भएको छ । तत्काल यसको विकल्प नखोजे जुनसुकै बेला अप्रिय घटना घट्न सक्ने स्थिति रहेको न्यु राईजिङ युवा क्लब हेलम्बुका अध्यक्ष सुनिल दोङ तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

दोङका अनुसार हेलम्बु जान अब हेलिकप्टर बाहेक कुनै पनि माध्यम नरहेकोले सम्बन्धित निकायले तत्काल सम्भावना रहेको स्थानबाट अस्थायी आवतजावतका लागि तत्काल पहलकदामी थाल्नु आवश्यक रहेको बताउनुहुन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार