सोनाम घिसिङको पहलमा हेलम्बु-मेलम्ची बाढी पीडितलाई आर्थिक सहयोग प्राप्त

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सोनाम घिसिङ लामाको पहलमा मेलम्ची र हेलम्बु गाउँपालिकाका बाढी विस्थापित परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । करिब ६ लाख बराबरको अर्थिक सहयोग एकमुष्ट रुपमा पीडितहरुलाई वितरण गरिएको हो । जन्मथलो नेपाल भै हाल अमेरिका निवासी सोनाम घिसिङ लामा, सिताराम दुलाल, राज कुमार सापकोटा र दिनेश खतिवडाको नेतृत्वमा कर्मथलो अमेरिकामा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरु बाट सो रकम उठाएका हुन् ।

गत असार १ गते भिषण बाढिका कारण हेलम्बुमा ठूलो जनधनको क्षति संगै धेरै परिवार विस्थापित हुन पुगेको छ । यस्तो विषम परिस्थितिमा धर्मकर्म मात्र नभै मानवीय हिसाबले पनि केही राहत पुगोस् भन्ने उद्देश्यका साथ अर्थिक सहयोग वितरण गरिएको संयोजक सोनाम घिसिङ लामाले बताउनुभयो । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका सम्बन्धीत व्यक्तिहरुको उपस्थितिमा उक्त राहत रकम हस्तान्तरण गरिएको हो ।

बाढी पीडित सहयोगार्थ कार्यक्रम काठमाडौंबाट संयोजन पर्शुराम भण्डारी, जमन घिसिङ लामा, लेखनाथ खतिवडा, सलिगराम दुलाल र सुदर्शन सापकोटाले गर्नुभएको हो । त्यस्तै हेलम्बु गाउँपालिका बाट सहयोगार्थ कार्यक्रमको समन्वय हाल अमेरिकमा रहनुहुने हेलम्बु निवासी मंगले तामाङ र युवा नेता सुनिल दोङ रहेको छ ।

सोनाम घिसिङ लामाको नेतृत्वमा रहेको नेपाली हेल्प पोस्टले नेपाल बाट अमेरिका आउने नेपालीहरुलाई खाने बस्ने देखि रोजगारी मिलाउने कार्यहरु बिगत दुई बर्ष देखि गर्दै आएको जानकारी जन्मभूमि पोष्टलाई दिनुभयो । यो संस्था लगातार मानवीय कार्यहरुमा काम गर्दै आइरहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार