कम्युनिस्ट प्रति विश्वास गुमेपछि लिसांखुपाखरमा पार्टी परित्याग गरि दर्जनौं काँग्रेस प्रबेश

  जन्मभूमि संवाददाता

काठमाडौं
कौशलटार स्थित ह्वाइट प्यालेस व्यान्केटमा लिसांखुपाखर गाउँ पालिकाका दर्जनौं कम्युनिस्टका नेताकार्यकर्ता पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रबेश भएका छन् । पछिल्लो समय कम्युनिस्टको चरीत्रले वाक्कदिक्क भएर पार्टी परित्याग गरेको उनीहरुको भनाई छ । कार्यक्रम लिसांखुपाखर गाउँ पालिका नेपाली काँग्रेसद्वारा आयोजना गरेका हुन् ।

पुर्व सूचना तथा संचार मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभाग प्रमुख तथा विपत व्यवस्थापन समितीका संयोजक समेत रहनुभएका मोहन बहादुर बस्नेत र केन्द्रिय सदस्य विष्णु विक्रम थापाले नव प्रबेशीहरुलाई स्वागत गर्नुभएको हो । नव प्रवेशीहरुलाई स्वागत गर्दै नेता बस्नेतले सबैलाई क्षमता र चाहना अनुरुपको पार्टीगत जिम्मेवारी दिने बताउनुभयो । सबैले केहिन केही नेतृत्वमा बसेर काँग्रेसको बिधि बिधान अनुसार पार्टीलाई मजबुत बनाउन सबै नयाँ या पुरानो काँग्रेस नसोची हामी काँग्रेस हो भन्ने भावना बोकेर पार्टीको हितमा आजैबाट लाग्न सबैलाई निर्देशन समेत दिनुभयो ।

त्यस्तै नेता थापाले सबै नव प्रबेशीहरुले उचित समयमा उचित निर्णय लिएर काँग्रेस प्रबेश भएकोमा हृदयदेखि नै स्वागत गरेको बताउनुभएको छ । नेता बस्नेत जस्तो होनाहार नेता भएको क्षेत्रको हामी सबै भाग्यमानी भएकोले अब धेरै कम्युनिस्टले नेपाली काँग्रेसलाई रोज्ने पक्का रहेको रहेको धारणा व्यक्त गर्नुभयो ।

क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले मन्तव्य प्रस्तुत गर्नुहुँदै “कम्युनिस्टहरु बाम गठबन्धन हुँदै स्थानीय, प्रदेश र संघिय चुनाव समेत जितेर गएपछि अराजकता, भ्रष्टाचारमा चुर्लुम्मै ढुबेको स्पष्ट देखेपछी सहयोग गरेका सबैले छाड्दै गएको बताए । “आज कम्युनिस्टहरु प्रती बिश्वास गुमिसकेकोले काँग्रेस प्रती आस्था र विश्वास राख्दै पार्टी प्रबेशको लर्को लागेको छ” बस्नेतले सुनाए ।

एकपछी अर्को गर्दै कम्युनिस्टको किल्लाको रुपमा रहेको लिसांखुपाखर गाउँ पालिकाका कम्युनिस्ट कार्यकर्ताहरुले बिस्तारै पार्टी परित्याग गर्ने क्रम बढेको छ । नेकपा एमालेले जितेको ५ वर्ष वित्नै लाग्द समेत कुनै देखिने बिकास नभएको र चुनावका समय ठुलै बिकासका झुटा आश्वासन मात्र दिएको सावित भएपछि पार्टी त्याग्नु परेको स्थानीय नेता कार्यकर्ताहरुको भनाई छ । स्थानीय नेत्री बबिता योन्जन र आशिष योन्जनको नेतृत्वमा पटकपटक त्यहाँका कम्युनिस्ट नेताकार्यकर्ताहरु काँग्रेस प्रबेश भैरहेका छन् । योन्जनद्वय केहि महिना अघि मात्रै एमाले परित्याग गरि नेपाली काँग्रेसमा दत्तचित्त भै लागिरहेको युवा कार्यकर्ता हुन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार