तामाङ घेदुङ कुर्दिस्तानको सहयोगमा हेलम्बुमा ब्लान्केट र नगद

  जन्मभूमि संवाददाता

काठमाडौं
“सेवा गर्न धन हैन मन चाहिन्छ” भन्ने नाराका साथ गत बिहिवार हेलम्बु बाढी पीडितलाई ब्लान्केट र नगद सहयोग गरेको छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तानको आर्थिक सहयोगमा उक्त कार्यक्रम सफल भएको अभियन्ता एवंम समन्वयकर्ता ह्योल्मो युवा संघका अध्यक्ष निमा ह्योल्मोले जानकारी दिनुभयो ।

ह्योल्मोको अनुसार यस अभियानमा साथ दिनु हुने तथा बिशेष पहल गर्नुभएका नेपाल तामाङ घेदुङ कुर्दिस्तान को आजिवन सदस्य प्रेमी योन्जन लामा, सेते शेर्पा, खेन्जी लामा तामाङ, बिनोद श्रेष्ठ, प्रकाश याेन्जन च्याङ्बा लगायत सम्पुर्ण नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक परिवारहरुलाई यति ठुलो सहयोग गरेकाेमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । घेदुङ कुर्दिस्तान लगातार मानव सेवा एवं सामाजिक कार्यहरुमा अग्रस्थानमा रहि सकेको सहयोग गर्दै आएको संस्था हो ।

घेदुङले गरेको सहयोगबाट तिम्बु, चिउरिखर्क र ग्याल्थुम गरेर जम्मा १३१ घरलाई न्यानो ब्ल्यान्केट साथै ६ घर मृतक  परिवारलाई रु ५००० काे दरले नगत वितरण  गरिएकाे छ ।  वर्षातकाे समयमा न्यानाे ब्लान्केट पाउँदा पिडितहरुले निकै खुशि एवं धन्यवाद ब्यक्त गरेका छन् ।

गत असार १ गते आएको विनाशकारि बाढिका कारण हेलम्बु, मेलम्ची र पाँचपाेखरिका विभिन्न क्षेत्रहरु निकै प्रभावित भएकाे छ । मेलम्ची खानेपानीकाे श्राेत समेत रहेकाे हेलम्बु गाउँपालिकाले दर्जनाै घरहरु थुप्रै खेति याेग्य जमिन र धेरै संख्यामा मानविय क्षति समेत व्यहाेर्नु परेकाे छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार