दीर्घरोगी काँग्रेस नेत्री ठकुरीलाई यति ठूलो रकम सहयोग, पार्टी कार्यालय उद्घाटन

सिन्धुपाल्चोक
पुर्व सूचना तथा संचार मन्त्री केन्द्रिय खेल्कुद बिभागका संयोजक मोहन बस्नेतको समन्वयमा नेपाली कांग्रेस बलेफीजनले संकलन गरिएको नगद सहयोग रकम पुराना काँग्रेस नेत्री चन्द्र कुमारी ठकुरीलाई हस्तान्तरण गरिएको छ । ठकुरी बलेफी गाउँ पालिका ५ स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ विगत लामो समय देखि दिर्घरोगले ग्रस्त हुनुहुन्छ भने एकल जीवन बिताउँदै आउनुभएको छ । उहाँको विषयमा थाहा पाएपछि नेता बस्नेतले बलेफी काँग्रेस पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा सबैलाई सहयोगको आह्वान गर्ने वित्तिकै केही क्षणमै रु. ४२०००/- नगद संकलन भएको थियो ।
एकलाई पर्दा अनेक सहयोग गर्दै आएको काँग्रेसका नेताकार्यकर्ताहरुले यसरी सहयोग गरेको पहिलो घटना भने होइन । यसरी आफ्ना पुराना काँग्रेसका कृयाशिल सदस्यलाई परेको यो पिडामा एक हुनु हाम्रो दायित्व हो भन्नु हुन्छ, बलेफी गाउँ पालिका प्रत्यासी उम्मेदवार एवं क्षेत्रीय उपसभापति रामकुमार तामाङ । सो रकम उपसभापति तामाङ र बलेफी गाउँ पालिका सभापति कृष्णभक्त नेपालको उपस्थितिमा पार्टी कार्यालय मै हस्तान्तरण गरिएको बताउनुभयो ।

नेपाली काँग्रेस बलेफी पार्टी कार्यालय उद्घाटन गर्दै सयौं कम्युनिस्ट कार्यकर्तालाई प्रबेश

गत बुधबार नेपाली काँग्रेस बलेफी गाउँ पालिका पार्टी कार्यालय र वडा नं. ८ को पनि विधिवत उद्घाटन भएको छ । पार्टी कार्यालय नेता बस्नेतको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य विष्णु विक्रम थापाको बिशेष आतिथ्यतामा उद्घाटन गरिएको हो ।

बलेफी गाउँ पालिका पार्टी कार्यालयका लागि बलेफी ५ बलेफी बजारका निबासी जय श्रेष्ठले अब आउँदो चुनाव समानपन नहुन्जेलका लागि घरको १ फ्ल्याट निशुल्क उपलब्ध गराएका छन् । यसैको सम्मान स्वरुप उहाँलाई नेता बस्नेतद्वारा दोसल्ला ओडाएर सम्मान गरोको छ ।

साथै कार्यालयका लागि आवश्यक सोफा सेट युवा नेता रामकुमार तामाङले व्यक्तिगत खर्चमा हस्तान्तरण गरिएको छ । कार्यालयका लागि चाहिने अन्य सामाग्रीहरु स्थानीय युवा नेताहरु राम लामा, निरकुमार लामा (फापाङ) सुभाष तिमल्सिना, लालकाजी तामाङ, उमेश श्रेष्ठ, रितेश तामाङ, अनु श्रेष्ठ, राजेश कार्की, रामचन्द्र थापा, अमृत अधिकारी, काशीराम श्रेष्ठ लगायतले उपलब्ध गराउने प्रतिबद्ध जनाएका छन् । सोहि अवसरमा बलेफीका विभिन्न वडाबाट सयौं कम्युनिस्ट नेताकार्यकर्तालाई काँग्रेस प्रबेश गराईएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार