कम्युनिस्टले बिगारेको सिँचाइ काँग्रेसले बनाईदिएपछी बलेफी ४ टुनबोटेका स्थानीय खुशी

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
वर्षातको सुरुवात सँगै बलेफी गाउँ पालिकाको वडा नं. ४ स्थित टुनबोटेका स्थानीयहरु खेतिपातीका लागि तयारी गर्दै छन् । अब धान रोप्ने बेला भैसकेको छ तर नजिकैको नौबिसे खोलाबाट ल्याएको सिँचाइ अवरुद्ध छ । असारको टन्टलापुर घामको रापमा ७० वर्ष पुगेका वृद्ध बुबा आमाहरु त्यही अवरुद्ध सिँचाइ खोल्ने प्रयत्न गर्दै देखिन्थे ।

भिडियो ;

सिँचाइ अवरुद्ध हुनुको कारण स्थानीय राम नेपालले यसरी सुनाईरहेको थियो; ” टुनबोटे टोलको ठिक नजिकैबाट मेलडाँडा, डाँडागाउँ अनि लाप्से जाने सडक केही समय अघि स्तरोन्नतिको काम भएको थियो । सडक निर्माणको क्रममा वर्षातको समय भेल बगेर आउँदा जाने कुनै कुलो नबनाएपछी वडा अध्यक्ष लगायतलाई गुनासो गरे तर कुनै सुनुवाई भएन । सडक निर्माणको क्रममा बाढी जाने कुलो नभएपछि भेल बगेर जलबिरे तिर जाने सडकको कुना हुँदै ल्याएको सिँचाइ मात्र पुरेनन् कि सडक मुनिको खेतपनि ढुंगामाटो सहितको लेदोले पुर्यो । पटकपटक वडामा गुनासो गर्दा कुनै चासो दिएनन् । अब यस्तै गर्दै गयो भनें मुद्दा नै हाल्छु । ”

यसरी टुनबोटेको स्थानीयहरु सिँचाइ कुलो बनाउँदै गरेको समयमा बलेफी गाउँ पालिकाका नेपाली काँग्रेस प्रत्यासी उम्मेदवार रामकुमार तामाङ जलबिरेमा दुई बिरामीलाई नगद सहित खाद्यान्न सहयोग गरेर त्यहीँ बाटो फर्किँदै थिए ।

यसै क्रममा तामाङले ती वृद्ध आमाबुबाहरु टन्टलापुर घामको रापमा माथी कच्ची सडकबाट बगेर आएको बगरको थुप्रो हटाउँदै गरेको देखेपछि एकछिन रोकिनुभयो । उहाँले टुनबोटेका स्थानीयहरुले त्यो लेदो सहितको बगरको थुप्रो हटाउन असम्भव देखेपछि तुरुन्तै सोही वडाका स्थानीय काँग्रेस युवा नेता राजु लामालाई तुरुन्तै जेसिबी लगाएर सिँचाइ खोलाईदिन निर्देशन दिए । लामाले तत्काल आफ्नै जेसिबी बोलाएर करिब ४ घण्टामा नि:शुल्क सिँचाइ खोलाईदिएपछी स्थानीय २० घरपरिवारले खुशी व्यक्त गरे ।

यसरी तत्काल समस्याको समाधान भएपछी स्थानीय एक वृद्ध भन्नू हुँदै थियो “कम्युनिस्टले बिगारेको सिँचाइ काँग्रेसले बनाईदियो, धन्यवाद छ ।” काँग्रेसको क्षेत्रीय उपसभापति समेत रहनुभएका तामाङ तर्फ इंगित गर्दै भन्दै थिए, “चुनाब जित्नेहरुले हाम्रो दुख देख्नै छाडे, तर यहाँहरुले यस्तो दु:खद क्षणमा पुर्याएको योगदानको लागि हामी आभारी छु । “

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार