सिन्धुपाल्चोक युवा संघका शक्तिशाली युवा नेताले एमाले परित्याग

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेकपा एमालेको पछिल्लो गतिविधिले वाक्क दिक्क भएका सिन्धुपाल्चोक जिल्ला युवा संघका शक्तिशाली युवा नेता सुरेन बिक्रम योन्जनले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । योन्जन नेकपा एकता पछि राष्ट्रिय युवा संघ हुँदै पुनः एमाले माओवादी आआफ्नो पार्टी भएपछि युवा संघ नेपालको केन्द्रीय कमिटीमा स्थायी समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्लाको ईञ्चार्जको रुपमा रहँदै आएको थिए । उहाँ सेतोकन कराँतेका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य समेत हुन् ।

सिन्धुपाल्चोकमा मात्र नभै केन्द्र स्तरका युवाहरुमा समेत युवाहरुको अगुवाकर्ताको रुपमा चिनिने समाजसेवी, युवा व्यवसायी योन्जन युवाहरु माझ असल व्यक्तित्वको रुपमा परिचीत छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै आफुले सम्हाल्दै आएको पार्टीको कुनै पनि पद र जिम्मेवारी नरहनेगरी पार्टी त्यागेको जानकारी युवा संघ नेपाल केन्द्रिय कमिटी र नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीलाई दिएका छन् ।

विज्ञप्तिमा योन्जनले भन्नुभएको छ; “पार्टीका हजारौँ कार्यकर्ताको भावना विपरित अझै पनि खुलेआम विदेशी नेता र राष्ट्रको भक्ति गर्न नै लागेको अवस्था भएको, पार्टीका सबै संरचना केवल आफ्नो भजन मण्डली बनाउने बाहेक केही नभएको हुँदा आजैका मितिदेखि एमाले तथा सोसँग सम्बन्धित कुनै पनि निकायसँग मेरो संलग्नता नहुने र एमाले त्यागेको घोषणा गर्दछु’ ।

साथै युवा नेता योन्जनले पछिल्लो चरणमा एमाले नेतृत्वको सरकारले नागरिकताको विषयलाई सत्ता प्राप्तीको भर्‍याङ बनाएको रहेछ भन्ने कुरा नागरिकता अध्यादेश र पछिल्लो मन्त्रिपरिषदको पुनर्गठनबाट देखिएको उल्लेख गर्नुभएको छ । राज्यका सबै संयन्त्र कब्जा गरि मुलुकलाई सदैब आफू केन्द्रित बनाउने कुटिल चालमा एमालेका नेताहरू लागेको आरोप समेत लगाएका छन् ।

प्रेस विज्ञप्ति ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार