सिन्धुपाल्चोक
पुर्व मन्त्री मोहन बहादुर बस्नेतद्वारा आगलागी पिडितलाई सहयोग गरेका छन् । उहाँ कोरोना पीडितहरुको मात्र नभै केही दिन अघि मात्र विद्युत सट भै घरमा आगालागी भएका पीडितको पनि घाउको मल्हम सरह बनेको छ ।
आजै उहाँले त्रिपुरासुन्दरी गापा-३ धुस्कुन चाम्बोटे को आगलागी पीडित मन कुमारी घले लाई नगद रु १००००(दस हजार), जस्ता पाता २ बण्डल (२०पिस), सिरक ३थान, डस्ना १थान, सिरानी २ पिस, ओछ्याउने फम, चामल १ बोरा, दाल, चिनी, तेल र त्रिपाल १ थान राहत हस्तान्तरण गर्नु भएको छ । बस्नेतले पीडित घले लाई सानो घर बनाउने वचन पनि दिनुभएको छ ।
यति मात्र नभै धुस्कुन पात्लेमा रहेको आइशोलोसन सेन्टरमा रहेका बिरामीहरुका लागि ७ क्रेट अण्डा, ८ पिस हर्लिक्स, १ बोरा चना को साथै अति अशक्त पात्लेका २ परिवारलाई खाद्यान्न सहयोग पनि गरेका छन ।
उक्त नगद तथा सामग्री सहयोगका लागि समन्वयात्मक भुमिका भनें समाजसेवी एबं नेपाली कांग्रेसका युवानेता क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा सहभागी अन्य नेताहरुमा नेत्र थापा, युधिर पौडेल लागाएत स्थानीय नेता तथा समाजसेविहरु निमादोर्जे तामाङ (शिखर), युबाखर सापकोटा (नारायण ), सुकुमान तामाङ, पदम तामाङ, बिमल पहरी लगाएत हुनुहुन्थ्यो ।
नेता बस्नेत कोरोनाको पहिलो चरणमा मात्रै नभै दोश्रो चरणमा समेत आफ्नो ज्यानको प्रबाह नगरी निरन्तर जनताको सेवामा खटिरहनुभएको छ । हाल उहाँ सिन्धुपाल्चोकका कोरोना पिडित जनताहरुका लागि १०० अक्सिजन सहितको बेड तयारी गर्दै अब जिल्ला मै अक्सिजन प्लान्ट निर्माण गर्ने अभियानमा हुनुहुन्छ । बस्नेतका अनुसार केही दिन भित्रै प्लान्ट सुरुवात हुने जनाएको छ ।