उपसभापति तामाङको संयोजकत्वमा १ लाख २३ हजार काँग्रेसजनबाट आइसोलेसनलाई नगद संकलन

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोभिड संक्रमण दिनानुदिन बढिरहेको बेला जिल्लाका नेपाली काँग्रेस सम्बद्ध भातृ संगठन देखि सम्पुर्ण नेता कार्यकर्ताहरु जनता जोगाउने र यसको रोकथामका लागि कम्मर कसेर लागिरहेका छन् । पुर्व मन्त्री बस्नेतले जिल्लामा १०० अक्सिजन सहितको बेड रहने गरि आइसोलेसन निर्माण तिब्र गतिमा अघि बढाईरहेका छन् । त्यस्तै नेता बस्नेतले सम्पुर्ण कार्याकर्ताहरुलाई समेत कोरोनाको विरुद्ध एक भएर लाग्न निर्देशित समेत गरेको छ ।

यसै क्रममा गत बुधबार पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको उपस्थितिमा बलेफी गाउँ पालिका १ जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा ५ वटा अक्सिजन सहितको बेड उद्घाटन गर्नुभएको थियो । सोही दिन नेता बस्नेतकोको निर्देशनमा बलेफी गाउँ पालिका नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार एवं क्षेत्र नं. १ क्षेत्रीय उपसभापति रामकुमार तामाङको संयोजकत्वमा ५ वटा अक्सिजन सहितको बेड सन्चालक समिती गठन गरिएको हो ।

समितिका सदस्यहरुमा कृष्ण न्यौपाने, झनक तिमल्सिना, राम लामा, हुप बहादुर खड्का, अमृत अधिकारी, सर्मिता खड्का, नारायण भक्त श्रेष्ठ, छविलाल न्यौपाने, राम चन्द्र थापा, कृष्ण भक्त नेपाल, राजु तामाङ, संचबिर तामाङ, कैलाश थापा, रुद्र प्रसाद चौलागाईं, गणेशराज श्रेष्ठ, उमानाथ श्रेष्ठ, इश्वरी भण्डारी, तिलक कार्की, खकेन्द्र थापा, सुनिल खत्री, प्रकाश थापा, श्रवण भण्डारी, राजेन्द्र कुमार भण्डारी, हरिचन्द्र खड्का र काशिनाथ नेपाल रहेका छन् ।

त्यस्तै काम गर्न सहज होस भन्ने उद्देश्यका साथ उपसमिति समेत बनाएको संयोजक तामाङले जानकारी दिनुभयो । उपसमितिको संयोजकमा वडा नं. १ का नेपाली काँग्रेस प्रत्यासी उम्मेदवार नारायण भक्त श्रेष्ठ र सह-संयोजकमा सर्मिता घिमिरे खड्का सहित सदस्यमा छविलाल न्यौपाने, कैलाश थापा, सुनिल खत्री, गणेश राज श्रेष्ठ, खकेन्द्र थापा, हरि चन्द्र खड्का, दिपक श्रेष्ठ रहेका छन् ।

बलेफी गाउँ पालिकाका मनकारी काँग्रेसजनहरुबाट नगद रु. १ लाख २३ हजार नगद संकलन गरिएको संयोजक रामकुमार तामाङले बताए । सो रकमले जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा आउने कोरोना पोजेटिभ बिरामीहरुलाई खाना, खाजा लगायत पौष्टिक आहार, अक्सिजन र औषधिको व्यवस्था गरिने बताए । त्यस्तै बलेफी पालिका भित्र अन्य आइसोलेसन सन्चालन गरिएमा समितिले निर्णय गरेर त्यसलाई पनि यहि रकम खर्च गर्न सक्ने बताउनुभयो । साथै उहाँले हामी सबै एकजुट भएर जनता बचाउने अभियानमा लाग्न सबैलाई अनुरोध गर्नुभएको छ । सहयोगी काँग्रेस दाजुभाइहरु प्रती बिशेष धन्यवाद दिँदै सबैको सरसल्लाह बमोजिम अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । तामाङले संकलन गरिएको रकम अपुग भएपनी आफ्नो व्यक्तिगत तर्फबाटै पनि आइसोलेसनमा उपचार गर्न आउनेहरुका लागि खाद्यान्न, औषधि, पौष्टिक आहार र अक्सिजनको खर्च समेत व्योहोर्ने घोषणा गर्नुभएको छ ।

त्यस्तै महिला नेत्री एवं उपसमितिका सह संयोजक सर्मिता खड्काले आइसोलेसनका लागि बलेफीका काँग्रेस दाजुभाईहरुले सहयोग गर्ने क्रम जारी रहेको बताउनुभयो । अहिले सम्ममा अक्सिजन रेगुलेटर अक्सिजन सबै तयारी भैसकेको पनि जानकारी दिनुभयो ।

हाल सम्ममा आइसोलेसन सन्चालनका लागि उठाइएका रकम र काँग्रेसजनहरु;
१) रामकुमार तामाङ १००००/-
२) कृष्ण न्यौपाने १००००/-
३) झनक तिमल्सिना १००००/-
४) राम लामा ८०००/-
५) हुप बहादुर खड्का ७०००/-
६) अमृत अधिकारी ६०००/-
७) सर्मिता खड्का ५०००/-
८) नारायण भक्त श्रेष्ठ ५०००/-
९) छविलाल न्यौपाने ५०००/-
१०) राम चन्द्र थापा ५०००/-
११) कृष्ण भक्त नेपाल ५०००/-
१२) राजु तामाङ ५०००/-
१३) संचबिर तामाङ ५०००/-
१४) कैलाश थापा ५०००/-
१५) रुद्र प्रसाद चौलागाईं ५०००/-
१६) गणेशराज श्रेष्ठ ३०००/-
१७) उमानाथ श्रेष्ठ ३०००/-
१८) इश्वरी भण्डारी २०००/-
१९) तिलक कार्की २०००/-
२०) खकेन्द्र थापा २०००/-
२१) सुनिल खत्री २०००/-
२२) प्रकाश थापा २०००/-
२३) श्रवण भण्डारी २०००/-
२४) राजेन्द्र कुमार भण्डारी २०००/-
२५) हरिचन्द्र खड्का २०००/-
२६) कृष्ण आचार्य ५०००/-
२७) काशी राम नेपाल ५०००/-

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार