तरुण नेता निमा शेर्पाद्वारा जुगलका विभिन्न गाउँमा स्वास्थ्य सामाग्री र आइसोलेसनलाई हर्लिक्स, अण्डा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा कोरोनाको संक्रमणका बिरामी बढिरहेका बेला तरुण दल जिल्ला कोषाध्यक्ष एवं जुगल २ नेपाली काँग्रेस प्रत्यासी उम्मेदवार निमा जङ्बु शेर्पाले जुगलका विभिन्न गाउँमा स्वास्थ्य सामाग्री र आइसोलेसनका बिरामीहरुलाई पौष्टिक आहार उपलब्ध गराएका छन् ।

शुक्रबार उनले ८ हजार मास्क कातार्जे, सिन्दुर्जे, गोल्चे, निन्लुङ, सन्चागाउँ, नाम्फा र लिदिका लागि हस्तान्तरण गरेका हुन् । त्यस्तै बलेफी र जुगलको संयुक्त आइसोलेसन केन्द्र रत्नराज्य मा.वि. मा रहेका कोभिड पोजेटिभ २६ बिरामीहरुका लागि २६ वटा हर्लिक्स र १ बाकस अण्डा केन्द्रका अध्यक्ष पुष्पराज तिमल्सिनालाई हस्तान्तरण गर्नुभएको छ । उनले यस कार्यमा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा अहिले जनता बचाउने अभियान स्वरुप गरिएको बताए । सहयोग पुर्याउनु भएका अभिनेता अमृत लामा, ह्याम अस्पतालका अध्यक्ष आर.एस. भण्डारी, तरुण दल जुगल गा.पा. अध्यक्ष दावा जङ्बु शेर्पा, स्थानीय युवा नेता महेन्द्र स्याङ्बोलाई पनि विशेष धन्यवाद दिनुभयो ।

संधै आफुले सकेको सहयोगको लागि पछि नहट्ने युवा नेता एवं समाजसेवी शेर्पाले कोरोनाको बेला मात्रै नभै भुकम्पका समय र लिदि पहिरो जस्ता भयानक घटनाका पीडितहरुलाई समेत निरन्तर सहयोग पुर्याउदै आएको छ ।

आइसोलेसन केन्द्रका अध्यक्ष तिमल्सिनाले निस्वार्थ भावनाले शेर्पाले जस्तै धेरै व्यक्तित्वहरुबाट सहयोग आइरहेकोले कोरोनाका बिरामी र आइसोलेसन व्यवस्थापन गरिरहेका सबैको हौसला बढेको धारणा व्यक्त गर्नुभयो । यस्तो सहयोगबाट केन्द्रमा खटिरहेका सबैको मनोबल उच्च भैरहेको सुनाउनुभयो । यसरि नै एकताबद्ध भएर मात्रै कोरोना संग हामीले जित्न सक्ने उनले बताए ।

उक्त हस्तान्तरण कार्यक्रममा नेपाली चलचित्रका चर्चित नायक एवं हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा र भोलेन्टियर क्रप्स नेपालका प्रतिनिधि राधा मथमांगी को पनि उपस्थिति रहेको थियो । लामाले पनि केही दिन अघि मात्रै आइसोलेसन केन्द्रको लागि विभिन्न स्वास्थ्य सामाग्री सहित पौष्टिक आहार उपलब्ध गराएका थिए । उनको संस्था मार्फत काठमाडौका विभिन्न स्थानमा लकडाउनले गर्दा समस्यामा परेका परिवारहरु र व्यक्तिहरुलाई खाद्यान्न उपलब्ध गराईरहेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार