कोरोना रोकथाम न्यूनिकरणका लागि युवा नेता उद्धव बानियाँ घरदैलोमा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
कोरोना भाइरस (covid19) ले महामारीको रुप लिरहेको बेला यसको रोकथाम तथा न्यूनीकरण मा सहजीकरण गर्ने उदेश्यका साथ युवा नेता तथा समाजसेवी उद्धव बानियाँको सकृयतामा ईन्द्रावती वडा नं. ३ मा घरदैलो कार्यक्रम गर्नुभएको छ । मंगलवार सो वडाका प्रत्येक घर- घरमा स्वास्थ स्थिति बुझ्दै आवश्यक औषधि र स्वास्थ सामग्री समेत साथमा लिई पुग्नुभएको हो । स्वास्थ्य मापदण्ड अपनाउदै घरदैलो कार्यक्रममा सबैलाई यसबाट बच्ने उपाय, यसबाट संक्रमित भैहाले गर्नुपर्ने घरेलु उपचारहरुको बारेमा सल्लाह, सुझाव समेत दिनुभएको छ ।

उहाँ लगायत वडा अध्यक्ष देब प्रसाद बानियाँ, नेपाली काङ्ग्रेस वडा इकाई सभापति बिदुर बानियाँ, बिष्णु बानियाँ, सुमन बानियाँ, नारायण आचार्य, स्वास्थ कर्मी बिकास अधिकारी, प्रेम तामाङ समेतको सहभागीमा उक्त कार्यक्रम सम्पन्न गर्नुभएको जानकारी दिनुभयो ।

युवा नेता बानियाँले कोरोनाको कारण वडाबासीमा अत्यावश्यक खाद्यान्न र स्वास्थ सामग्रीको आवश्यकता परे उपलब्ध गराउने वचन बद्धता दिनुभएको वडा अध्यक्ष देवप्रसाद बानियाँले बताउनुभयो । उहाँले उद्धव बानियाँले जस्तै सबैले यो महामारीको समयमा सकेको सहयोगको लागि हात अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

बानियाँ नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं. २ “सिन्धु काठमाडौं सम्पर्क समिती” का सभापति समेत हुनुहुन्छ । उहाँले यस अघि पनि अप्ठ्यारोमा परेका दिन दुखीहरुलाई आवश्यक सहयोग गर्दै आउनुभएको छ । कसैलाई अप्ठ्यारो नै परेको खण्डमा आफुलाई सम्पर्क गर्न सम्पर्क नं. घरघरमा दिनुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार