अक्सिजनको अभावमा अब कोहि मर्न बाध्य नहुने, सरकारले भन्दा व्यापारीले अघि भित्र्याईयो २५ सय सिलिन्डर

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको र संक्रमितहरुलाई अक्सिजन नपाएको गुनासो बढिरहेको बेला चिनबाट करिब २५ सय सिलिन्डर अक्सिजन तातोपानी सुख्खा बन्दरगाहमा आइपुगेको छ । आज तातोपानी नाका हुँदै भित्रीएको अक्सिजन सिलिन्डर निजि कंपनीले खरिद गरि ल्याएका हुन् । नेपा हिमा ट्रेड लिंकले ल्याएको उक्त अक्सिजन पहिलो लटमा २५ सय थान ल्याएको भएपनी अझै ५० हजार सिलिन्डर ल्याउने क्रममा नै रहेको जनाएको छ ।

चिनबाट बिक्रीका लागि आयात गरिएको अक्सिजनको बारेमा केही नेता कार्यकर्ताले अनुदानमा ल्याएको भन्दै केही दिन देखि गलत समचारको हल्ला फिजाएको थियो । चिनले अनुदानमा दिने भनिएको १९ हजार २०० सिलिन्डर भनें नेपाल सरकारले अझै कहिले ल्याउने अत्तोपत्तो छैन । सिल्क ट्रानपोर्टले ढुवानीको जिम्मा लिएर भित्र्याएको अक्सिजन आजै काठमाडौं पुग्ने जनाएको छ । यसरी भित्रीएको अक्सिजनले अब यसको अभावमा मृत्यु कुरिरहेका जनतामा केही साथ मिल्ने आशा गरिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार