पुर्व मन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकमा १०० बेडको अक्सिजन र भेन्टिलेटर सहित नि:शुल्क कोरोना सेवा केन्द्र खोल्ने तयारी

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
कोभिड-१९ ले संसारलाई नै त्रसित बनाईरहेको अवस्थामा जस्तो सुकै अप्ठ्यारो परेपनी साथ अनि सहयोगको लागि पुग्ने पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतद्वारा सबैको मन जित्ने कार्यको घोषणा गरेका छन् । पहिलो चरणको कोरोना महामारीमा समेत आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी जनताको सेवामा अहोरात्र खटिनुभएका बस्नेतले दोश्रो चरणको महामारीबाट त्रसित भैरहेका सबैलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन् ।

उहाँले लेख्नुभएको छ ” एक सन्चालक समिति बनाई आफैंले प्रयोग गर्दै आएको जिपलाई कोभिड १९ संगै अन्य जुनसुकै रोगका बिरामीहरुको निम्ति १ वर्षको ईन्धन खर्च सहित चालकको तलब, भत्ता समेत आफैंले बेहोर्ने गरि दिने बताउनुभएको छ । त्यस्तै तुरुन्तै उपयुक्त स्थलगत अवलोकन गरि १०० बेडको कोरोना सेवा केन्द्र स्थापना गरिने उल्लेख गर्नुभएको छ । जहाँ नि:शुल्क अक्सिजन र भ्यन्टिलेटर सहितको व्यवस्था गरिने भएको छ । जुन केन्द्रलाई निकट भविष्यमा सरुवा रोग तथा नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गरिने समेत उल्लेखित छ ।

उहाँको फेसबुक वालमा लेखिएको जस्ताको त्यस्तै पोष्ट साभार;

कोभिड -१९ को संक्रमणवाट संसार भरीका मानब जातीमा ठूलो सन्त्रास फैलाएको छ। नेपाल पनि यसवाट अछुतो रहन सकेन। नेपालमा कोभिड-१९ वाट संक्रमितहरुको संख्यालाई हेर्दा काहाली लाग्दो अवस्था छ। संक्रमितहरु हास्पिटलमा बेड, अक्सीजन, भेन्टीलेटर, पर्याप्त बिज्ञ, स्वास्थ्यकर्मीहरु नपाएर यत्र तत्र मृत्युवरण गर्न बाध्य भएका छन्। दिन प्रति दिन परिस्थिति निराशाजनक भएक़ो छ। सरकारले जनताको उपचारमाप्रभावकारिता अपनाउनु पर्नेमा सहयोग गर्न नसक्ने भनेर हात उठाएको छ। जसले गर्दा संक्रमितहरु मात्र होइन आम नेपालीहरुको मनोबल गिरेको छ।अधिकाम्स नेपालीहरुको वस्तीमा कोरोनाले गुंड लगाइसक्यो। कोरोना सार्ने सिमानामा कुनै सवाधानी देखिदैन।

तसर्थ अब जनस्तरवाटै पनि केही गर्नै पर्दछ। गाऊँ-गाऊँ, वस्ती-वस्ती (स्वदेशमा रहेका हौ, वा विदेशमा) वाट सहयोगी मनहरू जुर्मुर्याउन जरूरी छ। हामीहरुले पहिलो चरणको कोरोना संक्रमणवाट दिदीवहिनी दाजु भाईहरुलाई जोगाउन आफ्ना साथीभाईहरुको सहयोग लिएर १ वर्षसम्मसक्रिय भएर काम गर्यौ। सरकारी पक्षवाट पटक पटक वाधा विरोध र हस्तछेप हुदा पनि हाम्रा साथीहरु उच्च मनोबलका साथ आफ्नो ज्यान जोखिममा राखेर खट्नु भयो।स्वदेशमा रहनु भएका र विदेशमा रहनु भएका नेपालीहरूले सामाजिक संजाल मार्फ़त हामीलाई कामको प्रसंसा गरेर अझ उत्साहित गराउनु भयो। धन्यवाद दिन चाहन्छु सबैलाई।

अब फ़ेरि अहिलेको विकराल परीस्थितिमा मनवीय समबेदना बुझ्नु भएका आदरणीय नेपाली दाजुभाई तथा दिदी वहिनीहरुको समेत सहयोग जुटाएर जे सकिन्छ, त्यो गरौ भनेर केही कार्य योजना सहित अगाड़ी बढ़ने निर्णय गरेका छौं।-

-जुनसकै असल कामको थालनी आफैवाट हुनुपर्दछ भन्ने कुरा सबैलाई थाहा छ। मलाई पनि।

म संग भएको एउटा गाडी (जीप) सिंधुपाल्चोक जिल्लामा कोभीड-१९ या अन्य रोग लागेका विरामीहरूलाई अस्पताल पुर्याउन दिने निर्णय गरेको छु। जुन गाडी आफुले फिर्ता नलिने गरी दिने हो। कोभीड-१९ को महामारीलाई ध्यानमा राखी १ वर्ष सम्म सवारी चालकको तलब, भत्ता, गाड़ीको फ़्यूअल (डिजेल) समेतको ब्यबस्था गरिने छ। विरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन।एउटा संचालक समिति बनाएर यी सबैको ब्याबस्था गरिने छ। यथासीघ्र गाडी हस्तान्तरण गरि सेवा सुचारु हुनेछ।

स्मरण रहोस, सिंधुपाल्चोक जिल्ला, बारह्बिसे नगरपालिका वडा नं ९ राम्चे निवासी साबित्री तिमिल्सिना चालिसे नेपालकै पहिलो कोरोना संक्रमणवाट मृत्यु भएक़ी ब्यक्ति हुन्। त्यो पनि गाडी र उपचारको ब्यबस्था समयमा नपाएर। निजको ९ दिनको नवजात शिसुलाई पौस्टीक आहार ब्यबस्था गर्न मैले धुलीखेल अस्पतालमा नै गएर रु १,००,०००/- (एक लाख) निजको अभिभावकलाई ज़िम्मा दिएको थिए। जुन बच्चाको पठनपाठन र भबिस्यमा रोजगारीको ज़िम्मा पनि लिएको छु।

यसको अतिरिक्त कोभिड-१९ को संक्रमणवाट विरामीहरुको संख्या वृद्धि भएको र मृत्यु दर हेर्दा अब सुबिधा सम्पन्न उपचार केन्द्रहरु जिल्ला-जिल्लामा ब्यबस्था गर्न किमार्थ ढीला गर्न हुदैन। संक्रमण सुरू भएक़ो १ बर्ष नाघ्दा पनि सरकारको रोग नियंत्रण गर्ने कार्य योजना, अस्पतालहरू निर्माण, आवश्यक उपकरण खरिद, स्वास्थकर्मीहरूको उचित ब्यबस्थापन, भ्याकसीन भित्राउने कार्य सबै निराशाजनक देखियो। सिंन्धुपाल्चोक पनि कोरोनाको हटस्पट बन्दै छ।

हामीले सिंन्धुपाल्चोक जिल्लामा सामजसेवी, बुध्दिजीवी, ब्याबसायी र केही स्थानीय निकायका जन प्रतिनिधिहरुसंग छलफल गरी एक महिना भित्रमा नै सेवा संचालन गर्ने गरी कम्तिमा १०० (एकसय) वेडको नि:शुल्क कोभीड-१९ सेवा केन्द्र सिंन्धुपाल्चोक स्थापना गर्ने छौ। जुन सेवा केन्द्रमा अक्सीजन र भेन्टिलेटरको ब्यबस्था हुने छ। निकट भबिष्यमा पी. सी. आर. मेसीन पनि राखिने छ। भबिष्यमा कोभिड-१९ रोग नियंत्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियंत्रण केन्द्र को रूपमा रूपान्तरण हुने छ। विस्तृत जानकारी कामको स्थलगत प्रक्रिया सुरुभएपछि गराउनेछु।

अन्तमा हामीले जुरेको पहिरो, महाभुकम्प अन्य बाढ़ी पहिरो र पहिलो चरणको कोभिड-१९ संक्रमणको बेला पनि सक्रियताका साथ पिडीतहरुलाई सहयोग गर्दै आएका छौ।

सिंन्धुपाल्चोकका एस. एल. सी परीक्षा दिने हजारौविद्यार्थीहरूलाई २०४१ सालवाट निरन्तर ३२ (वत्तिस) वर्ष सम्म नि:शुक्ल कोचिन्ग़ कक्षा पढ़ाउने काम पनि गरेका थियौं। अहिले पनि वाढी पहिरोमा परी अविभावक गुमाएका, अभिभावकले नहेरेका बच्चाहरुलाई काठमाण्डौको निजी क्याम्पसहरूमा पढ़ाई राखेका छौ।
जय नेपाल!

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार