सिन्धुपाल्चोक
जिल्लामा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । शनिबार सिन्धुपाल्चोक कुबिन्डे स्थायी घर भई काभ्रेस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा रहेका ३३ वर्षीय १ युवकको मृत्यु भएको हो ।
उनलाई श्वासप्रश्वासमा समस्या भएर शुक्रबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन नै कोरोना पोजेटिभ भएका उनको शनिबार बिहान मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ। मृतकको ३/४ वर्ष पहिला मुटुको अप्रेशन गरिएको थियो ।