फुलकाजी स्याङ्बो (वानपिस) को संयोजकत्वमा जुगल YCL गाउँ कमिटी गठन

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, जुगल
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेकपा भएको पार्टी पुनः आआफ्नै पार्टीमा लाग्नु परेपछि पुरानै संरचनामा पार्टी कमिटीहरु गठन हुन थालेकाछन् । यस्तैमा सिन्धुपाल्चोकमा पनि माओवादी केन्द्रको भातृ संगठन देखि अन्य संगठनहरु गठन हुने क्रममा आज जुगल गाउँ पालिका YCl गठन गरेको छ ।

जुगल भित्रका माओवादी केन्द्रका उल्लेख्य युवाहरुको उपस्थितिमा सर्वसम्मतले फुलकाजी स्याङ्बो (वानपिस) को संयोजकत्वमामा ५५ सदस्यीय जुगल गाउँकमिटी गठन गरिएको हो ।

उपाध्यक्षमा प्रतीक तामाङ, राजनी बिक, राजन श्रेष्ठ, सचिब रेशम श्रेष्ठ सह-सचिब नुमा पाखृन, क्षितिज तामाङ, कोषाध्यक्ष बिमल बस्नेत चुनिएका हुन् ।

उक्त कार्यक्रममा प्रमूख अतिथि केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध), विशेष अतिथि माओवादी केन्द्रका जिल्ला पार्टी सदस्य उजार्सिङ तामाङ (समर), पालिका इन्चार्ज पदम बहादुर श्रेष्ठ, जिल्ला सदस्य रेशम स्याङबो, चन्द्र श्रेष्ठ, गोपाल श्रेष्ठ, ईश्वर गुभाजु, विद्यार्थी नेता ,योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)का नेता कार्यकर्ता उपस्थितिमा भब्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार