पेलेर अवैधानिक समिती मार्फत वडा कार्यालय बनाउने भएपछि नेपाली कांग्रेसले बलेफी गाउँ पालिकामा ताला

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काङ्ग्रेस बलेफी गाउँ पालिकाले पालिकाका जनप्रतिनिधिहरुले आफू खुशी अराजक तरिकाले काम गर्न नरोकिएको भन्दै पालिका कार्यालयमा ताला लगाएका छन् । वडा नं. २ को वडा कार्यालय भवन निर्माणको लागि वडा भेलाबाट बनाएको वैधानिक समितिलाई गा.पा. अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थ र प्रशासकीय प्रमुखले बजेट सम्झौता नगराई एउटा कोठा भित्र उपाध्यक्ष कायस्थको उपस्थितिमा बनाईएको अवैधानिक समिती मार्फत भवन बनाउन लागेपछी बलेफी गाउँ पालिका नेपाली काँग्रेस आन्दोलित भएका हुन् ।

उनिहरु तर्फ इंगित गर्दै “सहमति र सहकार्य गरेर आफ्नै गाउँको वडा भवन बनाउन सबै नियम संगत ढंगले काम अघि बढिसकेको अवस्थामा विवाद निम्त्याउन कै लागि उहाँहरुले पेलेरै अवैधानिक तरिकाले वडा भवन बनाउन खोजेको छ” वडा अध्यक्ष छविलाल न्यौपानेले सुनाए । न्यौपानेका अनुसार विवाद ६ महिना देखि यथावत राखी कुनै सहमती गर्न अघि नबढी उल्टै पेलेरै काम अघि बढाउने गैर जिम्मेवार व्यवहार गरेको बताउँछन् ।

यसैको बिरोध स्वरुप आज पालिका कार्यालयमा वडा नं. २ का वडा अध्यक्ष न्यौपाने सहित नेपाली काँग्रेसका अन्य नेता कार्याकर्ताहरु ज्ञापन पत्र सहित कालो झण्डा लिएर पुगेका थिए ।

नेवि संघ नेता निरोज भण्डारीका अनुसार पालिकाका अध्यक्ष र उपाध्यक्षले गरेको कार्य स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को (२) को देहाय क को २ विपरीत अघि बढेर वडा अध्यक्षलाई समेत कुनै जानकारी नगरी हस्तक्षेप गर्नु दुर्भाग्यपुर्ण रहेको बताए ।

त्यस्तै स्थानीय युवा नेता हरिशचन्द्र खड्काले यस अघि पनि जनता प्रतिको उत्तरदायित्व गाउँ पालिकाले नदेखाएको र हरेक स्थानीय सरकारको बजेट आफ्नो कार्यकर्ता पोषाउने काम मात्र हुँदै आएको भन्दै यस अघि नै पनि ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाए पनि गाउँ पालिकाले एकलौटी ढंगले बजेट झ्वाम मात्र पार्ने काम गर्दै आएको सुनाउनुभयो ।

ज्ञापनपत्रमा राजनीतिक पुर्वाग्रह राखेर बलेफी गा.पा. वडा नं. २ को जनमतको अपमान भएको उल्लेख गरेका छन् । त्यस्तै के वडा अध्यक्षले वडा भवन बनाउनै नपाउने ? भन्दै प्रश्न गरेका छन् । बलेफी पालिकामा यस अघि गरेका चरम अनियमितता, भ्रष्टाचार बेथितिलाई लिएर जनताको पक्षबाट जस्तो सुकै लडाइँ लड्न तयार छौँ” ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र;

ज्ञापनपत्र

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार