सबै दलको समर्थनमा लोकप्रिय व्यवसायी बस्नेत भए उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्ष

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको १० औं अधिबेशनमा सबै दलको सामुहिक समर्थनमा श्री होम बहादुर बस्नेत (राजकुमार ) निर्बिरोध अध्यक्ष पदमा निर्बाचित भएका छन् । यस अघि उहाँ वरिष्ठ उपाध्यक्षका रुपमा कार्यभार सम्हालिरहनुभएको थियो ।

क्षमादेवी ग्रुपका सञ्चालक समेत रहेका बस्नेत सामाजिक क्षेत्रमा पनि क्रियाशिल छन् । उहाँ सम्पुर्ण उद्योगी व्यावसायी माझ लोकप्रिय छबी भएका व्यक्तित्वको रुपमा परिचीत छ्न् । त्यसकारण पनि बस्नेतलाई
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुबाट समेत समर्थन भएको कारण निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएको स्रोतको दाबी छ  ।
बाणिज्य संघको अध्यक्ष सहित १७ सदस्य पदका लागि धेरै उद्योगी व्यावसायीहरु रहेका छन्  ।

त्यस्तै गरि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु हरिशरण श्रेष्ठ,विष्णु खत्री, राजेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ र वर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठको समर्थन समेत बस्नेतलाई नै भएका कारणले पनि निर्वीरोध निर्बाचित हुन कसैले रोकेनन् ।

अध्यक्ष सहीत १७ सदस्य प्रत्यक्ष निर्वाचीत भएपछि १३ जना भने मनोनीत हुने अध्यक्ष उम्मेदवार होम बहादुर बस्नेतले  बताए । तातोपानी नाका,जलविद्युत आयोजना र क्रसर उद्योगहरु सिन्धुपाल्चोकमा धेरै भएकाले पनि उद्योगी व्यावसायीहरुको चुनावलाई सबैले चासोको रुपमा लिएका छन ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार