काँग्रेस खेलकुद बिभागद्वारा ज्यान जोखिममा राखेर जनासेवामा खटिनेहरुलाई नगद सहित सम्मान

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेस केन्द्रिय खेलकुद बिभागद्वारा कोरोनाको विषम परिस्थिति र बाढिपहिरोका बेलामा आफ्नो ज्यान जोखिममा राखेर कोरोना रोकथाम र राहत वितरणका लागि अहोरात्र खटिनेहरुलाई नगद सहित बिशेष सम्मान गरेको छ । सम्मानित हुनेमा विभिन्न मिडियाका माध्यमबाट जनता सम्म सुचना तथा खबर सम्प्रेषण गर्ने मिडियाकर्मिहरु र कोरोना रोकथाम र राहत सामाग्रीहरु बाँड्न खटिएका १६० व्यक्तित्वहरु परे ।

सुनकोसी रिसोर्ट सुकुटेमा सम्पन्न कार्यक्रममा सुनकोसी गाउँ पालिका अध्यक्ष श्रवण कुमार जिसि (बिनोद) को सभापतित्व, पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय खेलकुद बिभाग प्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा खेलकुद बिभागकै केन्द्रिय सचिब मीन कृष्ण महर्जनको बिशेष अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका अन्य नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पुर्व मन्त्री बस्नेतले कोरोनाको महामारी अनि बाढिपहिरोले धनजनको क्षति हुँदा पीडितहरु सम्म आफ्नो ज्यान जोखिममा राखेर खटिएका सम्पुर्णमा कृतज्ञता ज्ञापन गर्दै आफू सबै प्रती आभारी रहेको बताउनुभयो । कोरोनाको कारण लक डाउनकै दोश्रो दिन देखि स्वास्थ्यकेन्द्रहरुमा कोरोना रोकथामका सामाग्रीहरु अभाव भैरहँदा र जनताहरुलाई समेत घरदैलो मै पुगेर वितरण गरिरहँदा आफू केही गर्न नसक्ने अराजक व्यक्तिहरुले विभिन्न षड्यन्त्र रचेर चरित्र हत्या गर्ने देखि राहत वितरण सम्म गर्न नदिने प्रपञ्ज रचेको स्मरण गर्दै सहि र गलत जनताले चाँडै देखाईदिने धारणा राख्नुभयो । उहाँले मन्तव्यकै क्रममा जिल्ला कै केही नेताहरु तर्फ इंगित गर्दै आफू भनें घर भित्र बसेर केही नगर्ने अरु ज्यान जोखिममा राखेर जनता सम्म कोरोनाबाट बच्न सुसूचित गर्ने अनि सामाग्री पुर्याउनेहरुलाई पनि गर्न नदिने कुचेस्ट गरेको बताउनुभयो । यस्तो परिस्थितिलाई समेत लडेर कोरोना रोकथाम र राहत वितरणका लागि खटिनेलाई मात्र नभै जनताको सेवाका लागि अन्य विविध कार्यहरु गर्नेहरुलाई पनि भावी दिनमा छिटै सम्मान गर्ने उहाँको भनाइ थियो ।

बिशेष अतिथी महर्जनले नेता बस्नेत बोल्ने मात्र नभै बोलेर पूरा गर्ने कम नेताहरुमा पर्ने धारणा व्यक्त गर्नुभयो । मन्तव्यको क्रममा उहाँले ज्यान फालेर जनताको सेवामा खट्नु भएका नेता बस्नेत र अन्य सम्मानित व्यक्तिहरुको खुलेर प्रशंसा गर्नुभयो । महर्जनका अनुसार नेपाली काँग्रेस केन्द्रिय खेलकुद बिभागद्वारा अब चाँडै ३० लाख भन्दा बढी धनराशिको पुरस्कार सहित बक्सिङ प्रतियोगिता गर्ने जानकारी गराउनुभएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार