जुगलको गोल्चे बगरमा युवाहरुको सक्रियतामा हुने ल्होछार मात्र ४ दिन बाँकी

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
गोल्चे भुमे युवा परिवार र स्थानीय युवाहरुको सकृयतामा आयोजना हुन गैरहेको २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम ४ दिन मात्र बाँकी रहेको छ । जुगल २ गोल्चे बगरमा हुने उक्त कार्यक्रम यहि माघ २३ गते हुनेछन् ।

“ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्बा छेह्रेङ्गै” भन्ने नाराका साथ सम्पन्न हुने कार्यक्रम सिन्धुपाल्चोक तामाङ घेदुङ, जुगल तामाङ घेदुङ र जुगल वडा नं. २ का स्थानीय युवाहरुको सक्रियता र समन्वयमा हुने स्थानीय सक्रिय युवा फुलकाजी स्याङ्बो (वानपिस) ले जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको छ । त्यस्तै उहाँले सबैमा उपस्थित हुनुभै कार्यक्रम भव्य अनि सभ्य बनाउन हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा शेर बहादुर तामाङ र बिशेष अतिथिका रुपमा माधव (सुबोध)सापकोटा उपस्थित हुनेछन् ।

साँस्कृतिक कार्यक्रमका लागि ख्याती प्राप्त कलाकारहरु प्रेम लोप्चन, निर्मला घिसिङ, आश्मान लोप्चन, जेबि जिम्बा, प्रीतम तामाङ, रोश्न लुङ्बा, मोनिका लामा र प्रेमा लोप्चनको बेजोड साँस्कृतिक प्रस्तुति रहने भएको छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार