युवाहरुको सकृयतामा बिर्तामोडमा खुल्यो कपडा बैंक

  जन्मभूमि संवाददाता

झापा, लत्ताकपडा खरीद गर्न नसक्ने बिपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले बिर्तामोड -३ सैनिकमोड मा ‘कपडा बैंक’ स्थापना गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारका व्यक्तिले आफूलाई चाहिएको कपडा छानीछानी पैसा नतिरी लैजानसक्ने व्यवस्था उक्त बैंकले गरिदिएको छ ।

सधै सामाजिक सोच राखेर समाजका लागी केहि गरौ भन्ने उदेस्य बोकेका युवाहरुको सकृयतामा ‘कपडा बैंक’ सञ्चालनमा आएको हो । विर्तामोड नगरपालिका स्थित सैनिकमोडमा सन्चालनमा आयको बैंकबाट गरीब तथा अति विपन्न परिवारलाई राहत पुग्ने सम्योजक गुन्जन प्रसाइले जानकारी दिनुभयो।

सामाजिक सेवामा क्रियाशील एम के के ग्रुप, अनारमी युथ क्लब ,दारी ज्ञाङ झापा तथा रोट्रायअक्ट बिर्तामोड लगायतका सङ्घ संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका हुन् । आज बाट एक सातासम्म कपडा बैंक सन्चालन हुने सहसम्योजक आकाश उप्रेतिले जानकारी दिनुभएको छ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार