देशलाई पर्ने हरेक समस्या र चुनौती संग लड्ने नै काँग्रेस-जिल्ला सचिब तामाङ

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
संसद विघटन को विरुद्ध कांग्रेस ले हिजो देशैभरको ७५३ ओटा स्थानीय तहमा विरोध प्रदर्शन गर्यो। त्यही अनुरुप १२ स्थानीय तह भएको सिन्धुपाल्चोक मा पनि कांग्रेस ले विरोध प्रदर्शन गर्यो।

इन्द्रावती को विरोध सभालाई केन्द्रिय सदस्य गुरुराज घिमिरे ले हेलम्बु को विरोध सभालाई प्रदेश सभा सदस्य निमा लामा ले पाँचपोखरीको विरोधसभालाई कांग्रेस जिल्ला कोषाध्यक्ष पासाङ दोङ ले मेलम्ची को विरोध सभालाई २ नम्बर का क्षेत्रीय सभापति आइतमान तामाङले चौतारा को विरोध सभालाई केन्द्रिय सदस्य द्वय मोहन बस्नेत र विष्णु बिक्रम थापाले सम्बोधन गरे। त्यस्तै बलेफिमा नेता प्रेमध्वज लामा, बाह्रबिसेमा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत उपस्थित थिए ।

यता लिसङखुपाखरमा को विरोध सभामा प्रमुख वक्त का रुपमा पुगेका कांग्रेस जिल्ला सचिब एवम् महासमिति सदस्य बिल बहादुर तामाङ ले विरोध सभालाई सम्बोधन गरे।

विरोध सभालाई सम्बोधन गर्न बुलबुले पुगेका युवा नेता तथा सचीव तामाङले संसद विघटन असम्बैधानिक र कानुन विरुद्ध भएको बताए।तामाङले भने देश लाई हरेक परिस्थितिमा समस्या हल गर्न सक्ने र विभिन्न चुनौती सङ्ग सामना गर्न सक्ने भनेकै कांग्रेस पार्टी हो। उनले थपे कांग्रेस सदैब जनताको पक्षमा छ।

विरोधसभा कार्यक्रम लिसङखुपाखरका कांग्रेस सभापति डुबाछिरिङ लामाको सभापतित्वमा सम्पन्न भएको थियो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार